कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

काठमाडौं २४ चैत्र । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न मतदान सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा  बिहान ११ बजे देखि सुरु भएको मतदान दिउँसो २ बजे सम्म चल्ने छ ।
पार्टी सभापतिमा प्रतिस्पर्धा गरेको महिना दिन पछि नै पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुन लागेको हो । मतदान प्रकृयामा कुल २०७ जना संसदले मत खसाल्ने छन् ।