संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौँ, २४ चैत । पार्टी सभापति शेरबहादुर देउवा १ सय ३९ मत ल्याउँदै नेपाली काँग्रेसको संसदीय दलको नेता निर्वाचित भएका छन्।
नेपाली कांग्रेस संसदीय दलका लागि भएको निर्वाचनको मतगणना अनुसार देउवाले १ सय ३९ मत पाएका हुन्। यस्तै राम चन्द्र पौडेलले ६७ मत पाएका छन्।
बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको थियो।
कांग्रेसका २०७ मध्ये २०६ सांसदले दलको नेता चयनका लागि मतदान गरे। केहीसमय अघि आफ्नै घरको भर्‍याङमा लडेर घाइते भएका नेता रामशरण महतले आफ्ना सहयोगी रमेश महत मार्फत मत खसाले। उनी आफैं मतदानस्थल पुगेका थिए।
सांसद नरहरि आचार्यले भने मतदान गर्न सकेनन्।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भएको हो।

प्रकाशित मितिः   २४ चैत्र २०७२, बुधबार ०९:२०