‘विद्यालय जान पाइनँ, बहिनीसँग सिकें’

नेकपा एमालेकी नेतृ नन्दा शर्मा राष्ट्रिय सभा सांसद हुन् । वि.सं. २खेतको राजनीतिमा संघर्षपूर्ण विगत भएकी शर्माले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी गरिनॾउँ कमिटी, इलाका कमिटी, जिल्ला कमिटी हुँदै भेरी अञ्चल कमिटी सदस्यसमेत भइन् । हाल उनी अखिल नेपाल महिला संघ सुर्खेतको इन्चार्ज पनि हुन् । सुर्खेतको राजनीतिमा संघर्षपूर्ण विगत भएकी शर्माले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी गरिन्ः


मेरो जन्म तत्कालीन सालकोट गाविस (हाल पञ्चपुरी नगरपालिका २) मा भयो । हाम्रो परिवार मध्यम वर्गको थियो । म जन्मिने बेला अहिलेको जस्तो परिवेश थिएन । समाजिक परिवेश पुरानो रुढीवादी परम्पराले जकडिएको थियो । छोरीलाई पढाउन हुँदैन, घरबाट बाहिर निस्कन दिनुहुँदैन र सानै उमेर विवाह गरेर पराइ घर जानुपर्छ भन्ने मान्यता स्थापित थियो । त्यो परिवेशबाट हुर्किएकी हुँ । बाल्यकालका त्यस्ता तितामिठा सम्झना छन्, जुन अहिले सम्झदा कहानी जस्तो लागेर आउँछ । हामी ६ बहिनी र २ भाइ । ब्राम्हण समुदायमा छोरीहरूलाई सानै उमेरमा विवाह गरेर पठाउने चलन थियो । मेरो दिदीहरूको पनि सानै उमेरमा विवाह भएको थियो । हामीले पढ्न पाएनौं । बाल्यकालको त्यही क्षण नराम्रो लाग्छ ।
त्यसबेलामा धेरैजसो घरकै काम गर्नुपथ्र्यो । गाइभैंसी र बाख्रा गोठालो जानुपर्ने, खेतबारीमा काम गर्नुपर्ने, धान कुटेर खानुपथ्र्यो । ढिक्कीमा धान कुटेर खान्थ्यौं । बाल्यकालमा कहिले काहीं रमाइलो पनि हुन्थ्यो । विशेष गरेर आठ÷नौ वर्षको उमेरसम्म रमाइलो हुन्थ्यो । आमाबुबा प्रायः मेलापातको काममा जानुहुन्थ्यो । मैले र एक जना बहिनीले कान्छी बहिनी हेरेर घरमै बसेका थियौं । बहिनी हेर्दाहेर्दै छिमेकीको मकै भाँच्दिन पुगेछौं । आमा आएर बेसरी पिट्नु भयो । पछि बहिनी नहेरेर अर्को बहिनी र म आमाबाट भाग्यौं । फेरि बुबाले हामीलाई कहिले पनि पिट्नुहुन्थेन । सिधैं आधाबाटोमा बुबालाई कुरा लगाउन गयो । बुबाले कुरा सुनेर आमालाई गाली गर्नुहोला भनेको त उल्टै अब तिमीहरूले फेरि त्यस्तो काम गरेपछि म पनि पिट्छु भन्नुभयो । त्यसपछि गलत नै गरेछौं भन्ने महसुस भयो । कहिले काहीं नजानेरै काम बिग्रिदा पनि डर लाग्थ्यो ।
म १० वर्षको हुनेबेलासम्म गाउँमा विद्यालयहरू स्थापना भएका थिएन् । १० वर्ष भएपछि गाउँमा विद्यालय खुले । तर मैले पढ्न पाइनँ । कारण मेरो उमेर सबैको नजरमा ठूलो थियो । १० वर्ष भइसकेकोले त्यस बेलामा धेरै ठूलो उमेर मानिथ्यो । विद्यालय स्थापना भए पनि सबैले पढ्न पाएनन् । जसको सानो उमेर छ उसैले नै पढ्न पाउँथे । एक घरबाट एक जनालाई मात्र पढाउनुपर्छ भनेर एक–एक जनालाई विद्यालय भर्ना गर्ने कुरा आयो । त्यसबेलामा सानो उमेरकाले मात्र पढ्नुपर्छ भन्ने मान्यता थियो । त्यस बेलामा हाम्रो घरबाट कान्छी बहिनी (भूमिसरा चपाईं) ले मात्र पढ्न पाइन । मलाई बुबाले पढ्छु भन्दा तरुनी छोरी पढ्नु हुँदैन, उमेर गइक्यो भन्नुभएको थियो । अहिले पनि त्यो सम्झदा दुःख लागेर आउँछ । त्यसबेलामा हाम्रो समाज नै त्यस्तै थियो । विद्यालय जान धेरै कोशिस गरें तर विद्यालय जान पाएनँ ।
बाहिनीसँगै पढ्न सिकें
हाम्रो घरबाट पढ्ने पहिलो व्यक्ति नै बहिनी भूमिसरा थिइन । हामी घरधन्दाकै काममा व्यस्त हुन्थ्यौं । बहिनी साँझ पढ्ने बेलामा म पनि उनीसँगै पढ्थें । त्यबेलामा कापी–कलम पाइदैन्थ्यो । कसैले डटमेन सिसाकलम पायो भने पनि सबैभन्दा बढी खुशी हुन्थ्यो । चाडपर्वको समयमा बुबाआमाले टीका लगाएर दिएको पैसाले डटपेन र कापी किन्थ्यौं । वरीपरीका भाइबहिनिहरू विद्यालय जाँदा आउँदा मन कटक्क खाएर आउँथ्यो । उनीहरूले पढेका कुरा नै मैले पढ्थें । मैले औपचारिक रूपमा विद्यालय भर्ना नभए पनि मलाई शिक्षाको राम्रो ज्ञान भइसकेको थियो ।
१३ वर्षको उमेरमा विवाह भयो । त्यसबेलामा सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने मान्यता थियो । अझ ब्राम्हण समुदायमा छोरीको कन्यादान सानै उमेरमा गरिदिनुपर्छ भन्ने मान्यता थियो । मेरो दिदीहरूको त झन ९÷१० वर्षकै उमेरमा विवाह भएको थियो । सानै उमेरमा मैले मागी विवाह गरें । तर म घरमा गएर धेरै समयसम्म बसिन । छोरीबुहारी बाहिर गएर बस्नुहुँदैन भन्ने मान्यता हुन्थ्यो । उमेर सानै भए पनि घरको काम सबै गर्नुपर्छ भन्ने हुन्थ्यो । सकी–नसकी पनि घरको काम गर्नुपर्ने बाध्यता थियो । म धेरै समय घरमा नबसेर फेरी जन्म घरमै बसें । हामी ब्राम्हण भए पनि हाम्रो समुदायमा धेरै जसो क्षेत्री जातिहरूको बाहुल्यता थियो । आफूभन्दा ठूला दिदीहरू खेलेको देख्दा नरमाइलो लागेर आउथ्यो । विवाह गरिसकेकी बुहारीले खेल्नुहुँदैन भन्थे । कसैले छोएको वा पकाएको खानुहुँदैन भन्थे । साथीहरू वनभोज खान जान्थे तर साथीहरूले पकाएको खानुहुँदैन्थ्यो । एक पटक वनभोज खान जाने तयारी थियो । मैले साथीहरूलाई म आएपछि पकाउँछु भनें तर उनीहरूले ढिलो भयो भनेर आफै पकाइहालेछन् । मैले खान नै नपाएर रुदै फर्किएको सम्झना अझै पनि ताजा नै छ । तर मैले घरमै बसेर पनि पढेर पछि गाउँमा प्रौढ शिक्षा पढाउने भएँ । गाउँमा यो भन्दा बाठो र जान्ने अरु कोही छैनन् भनेर प्रौढ शिक्षा पढाउने जिम्मा मलाई थियो । पछि छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना सबैमा आएको थियो । मैले म भन्दा कान्छी बहिनीहरू जो विद्यालय जान नपाएका बहिनीहरूलाई पढाउने गर्थें । दिउँसोमा घरकै काम हुन्थ्यो । रातीको समयमा पढ्नुपथ्र्यो । दुई घण्टा पढाउँथे । म बाल्यकालमा अन्यायको विरुद्धमा बोलिहाल्थें । त्यसकारण पनि मैले १७÷१८ वर्षकै उमेरमा राजनीतिमा प्रवेश गर्ने मौका पाएँ ।
बाल्यकालको कहिले पनि नभुल्ने दुःखको क्षण बुबाको मृत्यु हो । हामी लेक र वेशीमा बस्थ्यौं । कहिले काहीं लेकबाट वेशी जाने बेलामा वेशीबाट लेक जाने बेलामा बुबाको सम्झना आउँथ्यो । बुबा बित्नुभएको बेलामा म १५ वर्षकी थिएँ । लेकतिर जानेबेलामा कतै बुबा देखिहाल्नुहुन्छकी भन्ने लाग्थ्यो । आमा, दाइ, दिदी भएर पनि बुबाको मायाको कमी हुन भने दिनु भएन ।
बाल्यकालमा केही कहाली लाग्दा दिनहरू पनि हुन्थे । विशेष गरेर महिनावरी हुँदा धेरै कष्टकर जीवन बिताउनुपथ्र्यो । घरभन्दा बाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता हुन्थ्यो । एक पटक राती सुत्नेकोठामा माथि दारमा तीन वटा सर्प आए । सर्प देखेपछि आमा र दाइहरूलाई बोलाए ।
उहाँहरूले एउटा सर्प त मार्नुभयो तर अरु त्यही भित्र पसे । तर पनि भित्र सुत्न आइज भनेर कसैले पनि बोलाएनन् । नसुतेर नै रात बिताएँ । अहिले त अलि केही सजिलो भएको छ । छाउगोठहरू भत्किदै गएका छन् । त्यसबेलमा अहिले भन्दा पनि धेरै गाह्रो हुन्थ्यो ।

प्रकाशित मितिः   १७ बैशाख २०७५, सोमबार १५:२६