डढेलो नियन्त्रण गर्न पूर्व अभ्यास
सुर्खेत, १५ वैशाख ।
डढेलोबाट वनमा हुने क्षति रोक्न पूर्व अभ्यास थालिएको छ । गर्मीयाम सुरु भएसँगै वनमा हुने आगलागी नियन्त्रण गर्न काँक्रेविहार संरक्षित वन क्षेत्रमा पूर्व तयारी गरिएको हो । जिल्ला वन कार्यालयको आयोजनामा भएको अभ्यासमा शनिवार वनमा डढेलो लाग्न नदिने, लागेपछि कसरी निभाउने भन्ने बारेमा जानकारी दिइएको थियो । आगलागीका विभिन्न कारणले वनमा हुने क्षति रोक्नका लागि पूर्व सजगता अपनाइएको हो । आगलागीबाट वन र मानव जीवनमासमेत क्षति हुने भएकाले गर्मीयाममा जथाभावी ज्वलनशील वस्तु नफाल्न जिल्ला वन कार्यालय सुर्खेतले अनुरोध गरेको छ । जिल्ला वन अधिकृत हेमराज विष्टका अनुसार वनमा वस्तु भाउका लागि नयाँ घाँस उम्रिन्छ भन्ने मान्यताका कारण पनि कतिपय ठाउँमा वनक्षेत्रभित्र आगो लगाउने गरेका छन् ।
साझा बिसौनी संवाददाता ।