व्यापारीमाथि धरपकड
सुर्खेत, १५ वैशाख ।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका व्यापारीमाथि प्रहरीले धरपकड गरेको छ । विभिन्न माग राख्दै असन्तुष्ट व्यापारीहरूले सुर्खेत उद्योग वाणिज्य संघविरुद्ध आन्दोलन गरिरहेका छन् । सोही क्रममा असन्तुष्ट पक्षले शनिवार निकालेको जुलुसमा प्रहरीले धरपकड गरेको हो ।
सोहीक्रममा दुई जना महिला व्यापारीहरू घाइते भएका छन् । संघको विधान संशोधन गर्नुपर्ने मागसहित असन्तुष्ट व्यापारीले वीरेन्द्रनगरको पिपलचौतारीबाट नाराबाजीसहित जुलुस गरेका
थिए । सोही क्रममा प्रहरीले रोक्न खोज्दा तनाव उत्पन्न भएको थियो । प्रहरीको घेरा तोडेर व्यापारीहरू अगाडि बढ्न खोजेपछि धकेला–धकेल भएको थियो । अवस्था तनावपूर्ण बनेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरीले आफूहरूमाथि दमन गरेको असन्तुष्ट व्यापारीहरूले आरोप लगाएका छन् । प्रहरीको घेरा तोड्दै संघको कार्यालय नजिक पुगेर व्यापारीहरूले कोणसभा गरेका थिए ।
यसैबीच, शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै संयुक्त व्यवसायी समूहले ध्यानाकषर्ण भएको जनाएको छ । सुरक्षा घेराभित्र गरिने निर्वाचनले संघको गरिमामा आँच आउने भन्दै समूहले आफ्ना मागहरू पूरा गरेर मात्रै निर्वाचन गर्न आग्रह गरेको छ ।
साझा बिसौनी संवाददाता ।