‘बजेट विनियोजनमा विभेद गरियो’

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ वैशाख ।
कर्णाली प्रदेश सरकारले बजेA4िएको बताएका हुन् । दुई महिनाका प्रदेश सरकारले ल्याएको बजेट%Eरिएको आर्थिक वक्तव्यमा शुक्रवार भएको छलफलमा सांसदहरूले विभेद गरिएको बताएका हुन् । दुई महिनाका प्रदेश सरकारले ल्याएको बजेटमा महŒवकांक्षी र विभेदपूर्ण भएको सांसदहरूले गुनासो गरेका छन् । बजेटले जनताका प्राथमिकता समेट्न नसकेको प्रदेशसभा सदस्य धर्मराज रेग्मीले बताए । संघीयताको कार्यान्वयन नै प्रमुख उद्देश्य राखेर सार्वजनिक गरिएको बजेटमा संघीयता कार्यान्वयनको मर्म अनुसार समानुपातिक रूपमा वितरण नभएको बताए ।


‘कुनै जिल्लामा धेरै बजेट छुट्याइयो, त्यसमा कुनै आपत्ति होइन’ उनले भने, ‘अरु जिल्लाको नाम नआएकोमा चिन्ता छ, अर्थमन्त्रीकै जिल्लाका १२ वटा आयोजना छन् ।’ मन्त्री भएकै जिल्लामा थुपै्र विकास आयोजनामा बजेट विनियोजन हुनु संघीयताको मोडल नभएको उनले बताए । बजेट वितरणमा समानुपातिक नभएको भन्दै उनले स्रोत र साधनहरू पहुँचवालाकै क्षेत्रमा छुट्याउनु संघीयको मर्मविपरित भएको बताए ।
‘सल्यानको नाम १२ ठाउँमा आउँदा दैलेखको नाम ४ ठाउँमा आएको छ’ उनले भने, ‘दैलेखका माननीयहरूले विकास माग्नुपर्ने तरिका के हिजोको जस्तै हो ?’ सुर्खेत–जुम्ला केवुलकार दैलेख नछोएरै जाने हो ?’ मन्त्रीहरूको शक्तिका आधारमा नीति तथा कार्यक्रम तय गरिनुले संघीय व्यवस्थामा पनि जनप्रतिनिधि निराश हुनुपर्ने अवस्था रहेको उनले बताए ।
‘सबै जिल्लाका स्थानीय तह वा जिल्ला जोड्ने सडकलाई प्राथमिकता दिनुपथ्र्यो’ सांसद करविर शाहीले भने, ‘बजेटले मन्त्री वा सरकारको प्रतिनिधि भएकै देखियो । योजना बनाउँदा आधार बनाइएका योजनामा सांसदहरूसँग छलफल हुनुपथ्र्यो ।’ शक्तिका आधारमा बजेट विनियोजन हुनुपर्ने अवस्था संघीयताले अन्त्य गर्न नसकेको उनले बताए । उनले प्रदेश सरकारको बजेटमा जाजरकोटलाई उपेक्षा गरिएको बताए ।
‘सरकारले बजेट ल्यायो तर, सांसदहरूबाट के आयो भन्दा जनतालाई के जवाफ दिने ?’ उनले भने, ‘कुनै जिल्लामा दर्जन आयोजना पर्ने तर कुनै जिल्लामा लगायतका आयोजना भनिनु समानुपातिक बजेट वितरण होइन् ।’ बजेटमाथि शुक्रवार भएको छलफलमा अधिकांश सांसदहरूले सबै जिल्लामा समानुपातिक बजेट वितरणबाट समेट्न नसक्नु सरकारको कमजोरी भएको बताएका हुन् ।

‘थोरै बजेटमा समेट्न सकिएन’

कर्णाली प्रदेश सरकारले बजेटमा धान्न नसकिने महŒवाकांक्षी योजनाहरू समावेश गरेको आरोप लाग्न थालेपछि सरकारले त्यसको बचाउ गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी बजेटमाथि भइरहेका टिप्पणीबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
उनले सरकारले जानाजान महŒवाकांक्षी बजेट बनाएको बताए । ‘धेरै साथीहरूले महŒवाकांक्षी भयो भनेर असन्तुष्टी पनि व्यक्त गर्नुभयो, तर सरकारले जानाजान यो बजेट महŒवकांक्षी बनाएको हो’ उनले भने, ‘विकासका लागि महŒवकांक्षा नै नराख्ने, सपना नै नदेख्ने हो भने कसरी हामीले समृद्धिको मार्ग निर्माण गर्न सक्छौं ?’ मन्त्री ज्वालाले पहिलो पटक बजेट ल्याइएकाले केही छुटे पनि दीर्घकालीन रूपमा ऐतिहासिक दस्तावेज बन्ने दाबी गरे ।
साथै मन्त्री ज्वालाले छोटो अवधिका लागि ल्याइएको बजेट कार्यान्वयन गर्न सकिने योजनाहरूका लागि मात्रै विनियोजन गरिएको बताए । बजेटको आकार नै सानो भएकाले सबै क्षेत्र र विषयवस्तु समेट्न नसकिएको उनको भनाइ छ । ‘छोटो समयमा निकै अन्यौलताका बीचमा हामीले बजेट ल्याएका छौं, त्यसैले तत्काल कार्यान्वयन गर्न सकिने योजनाहरू मात्रै प्राथमिकतामा पारिएको हो’ मन्त्री ज्वालाले भने । चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्रै बाँकी रहँदा काम सम्पन्न गर्न सकिने विश्वास लाग्ने योजनामा मात्रै बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
उनले बजेट कार्यान्वयन तत्काल अगाडि बढाइने बताए । ‘धेरै ढिला भइसकेको छ, आजैदेखि अख्तियारी दिने तयारीमा हामी जुटेका छौं । विषयगत मन्त्रालयहरूले कार्यक्रमहरू ल्याउने वित्तिकै बजेट कार्यान्वयनमा जानेछ’ उनले भने । उनले समय अभावका कारण खर्च खुम्चिएको तर बजेटले भने, दीर्घकालीन थिति बसाल्नमा सहयोग पु¥याउने बताए । ‘अहिले दुई महिनामै सबै बजेट खर्च गर्न सकिदैंन, तर आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन यसले मार्गनिर्देश गर्नेछ’ मन्त्री ज्वालाको भनाइ थियो ।

प्रकाशित मितिः   १५ बैशाख २०७५, शनिबार १४:४४