केपीएल जेठमा हुने

सुर्खेत, १३ वैशाख । (साबिस)
सुर्खेतमा आयोजना गर्न लागिएको कर्णाली प्रिमियर लिग (केपीएल) आगामी जेठमा हुने भएको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा रुस्लान केपीएल टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सिजन आगामी जेठ ४ गतेदेखि वीरेन्द्रनगरमा हुने भएको हो । आयोजकका अनुसार कर्णाली प्रदेशमा नै राष्ट्रियस्तरका खेलाडीहरू सहभागी हुने यो पहिलो प्रतियोगिता हो ।
प्रतियोगिता आगामी जेठ चार गतेदेखि १२ गतेसम्म वीरेन्द्रनगरको कालुङ्गचौकस्थित क्रिकेट मैदानमा हुने छ । प्रतियोगितामा देशभरीका १० वटा राष्ट्रिय टीमहरूको सहभागिता रहने छ । विजेताले पदकसहित तीन लाख र उप–बिजेताले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई दुई हजार पाँच सय र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १०÷१० हजार रूपैयाँसहित पदक प्रदान गरिनेछ । प्रतियोगिताका लागि कूल लागत २० लाख रूपैयाँ अनुमान गरिएको शाहीले जानकारी दिए ।

प्रकाशित मितिः   १४ बैशाख २०७५, शुक्रबार १३:०२