डोर टू डोर प्रतियोगिता

सुर्खेत, २१ जेठ । (साबिस)
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा डोर टू डोर प्रतियोगिता सञ्चालन गरिएको
छ । कार्यक्रम शुक्रवारदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिका अध्यक्ष भुवन थापा, जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरी, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जनक रावल, मप प्रशिक्षण विभाग सुर्खेतका प्रमुख प्रदिपकुमार राई, खेल प्रशिक्षकहरू लगायतको सहभागिता रहेको थियो ।
शुक्रवार भएको खेलमा पुरुष २२ केजी मुनीको डोर टू डोर खेलमा प्रथम सुशील ठाडा, द्वितीय पारस सिंह, तृतीय अनुप कार्की र तृतीय शंशन बुढा भएका छन् । त्यस्तै पुरुष २५ केजीको खेलमा प्रथम तेजबहादुर शाही, द्वितीय अर्जुन सुनार, तृतीय विशाल सिंह भएका
छन् । यस्तै पुरुष २६ केजीको खेलमा प्रथम डेकन्द्र थापा, द्वितीय रञ्जित सोती र तृतीय शिशिर चौधरी भएका छन् । ३२ केजीमुनीको खेलमा प्रथम कैलाश विक, द्वितीय आयुस राना, तृतीय शंशन तिवारी र निसान्त आचार्य विजेता भएका छन् ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७३, शनिबार ०४:१६