महिनावारी सम्बन्धी सचेतना

सुर्खेत, २१ जेठ । (साबिस)
शिव उच्च मावि लाटीकोइलीले महिनावारी सरसरफाइ र व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका एक सय ९४ जनालाई महिनावारी सरसफाइ र व्यवस्थापन सम्बन्धी सेचतना कार्यक्रम गरिएको हो । लाटीकोइली स्वास्थ्यचौकीका कमला तिवारी तथा विद्यालयका स्वास्थ्य विषयका शिक्षिका बसन्ती कँडेलले कार्यक्रमको सहजीकरण गरेका थिए । सहभागी छात्रालाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले सेनेटरी प्याड निःशुल्क रूपमा उपलब्ध गराएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना खत्री, विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरे, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका उपमन्त्री किशोरकुमार रेग्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७३, शनिबार ०४:१५