नगर कमिटीको बैठक
सुर्खेत, २१ जेठ । (साबिस)
नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीको बैठक शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेकपा एमाले पोलिटब्यूरो सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यता तथा एमाले जिल्ला कमिटी अध्यक्ष धु्रवकुमार शाहीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको
हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने यही २५ गतेको विशाल जनसभालाई सफल पार्न वडा तथा शाखा कमिटीहरूलाई ब्यानरसहित ¥यालीमा सहभागिता हुन निर्देशन गरेको छ । किसान महासंघको केन्द्रीय उपाध्यक्षमा एमाले पोलिटब्यूरो सदस्य यामलाल कँडेल, नगर कमिटी सदस्य टीका अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई दिइएको छ ।
साझा बिसौनी संवाददाता ।