प्रदेश महासंघमा थापा सर्वसम्मत


सुर्खेत–कर्णाली प्रदेश पत्रकार महासंघको प्रदेश अध्यक्षमा सुर्खेतका पत्रकार दुर्गा थापा सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनवीच भएको सहमतिमा थापा अध्यक्ष भएका हुन् ।

महासंघकाको उपाध्यक्षमा कमल पन्त, महिला उपाध्यक्षमा डम्मर आचार्य, महासचिवमा दिपेन्द्र शर्मा, सचिवमा पवित्र शाही, समावेशी सचिवमा गणेश सीर्पाली र कोषाध्यक्षमा सुरेन्द्र खत्री चयन भएका छन् ।

सदस्यमा कृष्ण धमला, कृष्ण आचार्य, अशोककुमार सिंह, गोविन्द केसी, नविनकुमार पौडेल, नविनकुमार पौडेल, विस्नप्रसाद न्यौपाने, गोपाल रेग्मी र मन्दिर सिंह खुल्ला सदस्यमा चयन भएका छन् ।

यस्तै, आदीवासी सदस्यमा सन्तोष घर्ती, जनजाति सदस्यमा श्रीप्रसाद चौधरी, दलित सदस्यमा गणेश विक, महिला सदस्यमा कृष्णमाया उपाध्याय, छलाल लामा र खुल्ला सदस्यमा दानकुमारी शाही चयन भएका छन् ।