आन्दोलन स्थगित
सुर्खेत, १० वैशाख ।
नगरलाई व्यवस्थित गर्न वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा निर्माण गरिएका टहरा हटाएपछि आन्दोलनरत व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन् । नगरपालिकाले आन्दोलनरत व्यवसायीका समस्या समाधानका लागि वार्ता आव्हान गरेसँगै सोमवारदेखि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।
विकल्प विना नगरपालिकाले टहरामा व्यवसाय गरिरहेका स्थानमा डोजर लगाएको भन्दै वैशाख ५ गतेदेखि व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । पाँच दिनदेखि दैनिक एक घण्टा वीरेन्द्रनगर नगरपालिकामा धर्ना दिँदै आएका थिए । नगरपालिकाले व्यवसायीका मागप्रति सकारात्मक रहेको भन्दै अर्काे सूचना प्रकाशन नभएसम्म आन्दोलन स्थगित गरिएको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष बालकुमारी थापाले बताइन् ।
व्यवसायीहरूलाई वार्ताका लागि आव्हान गरेपछि तत्कालका लागि स्थगित गरिएको उनले जानकारी
दिइन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सौन्दर्यतालाई असर परेको भन्दै नगरपालिकाले गत चैतमा अव्यवस्थित रूपमा बनाइएका सडक छेउछाउका टहराहरू डोजर लगाएको थियो ।
साझा बिसौनी ।