पारीजातको सम्झनामा रचनावाचन

सुर्खेत, ५ वैशाख ।
२५औं पारिजात स्मृति दिवसको अवसरमा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशिल लेखक संघ नेपाल शाखा, सुर्खेतको आयोजनामा बुधवार कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकार महेन्द्रप्रसाद गिरीले साहित्य क्षेत्रकी महान श्रष्टा पारिजातको साहित्य कृर्तित्व र व्यक्तित्वको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा २४ जना साहित्यकारले रचना बाचन गरेका थिए ।
त्यसैगरी साहित्यकार सिद्ध खड्का, भिमा सुवेदी, खिमराज आचार्य, पुर्णबहादुर शाही, निरञ्जना योगी, विद्या निर्दाेश पहाडी, सोमना खड्का, नवराज न्यौपानेको उपस्थिती थियो । कार्यक्रम शाखाका अध्यक्ष हरिलाल महताराको अध्यक्षतमा भएको हो ।