प्रदेशस्तरीय छनौट हुँदै

सुर्खेत, ४ वैशाख ।
सुर्खेतमा १६ वर्षमुनीको प्रदेशस्तरीय क्रिकेट छनौट हुने भएको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा काठमाडौंमा हुने मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट गर्न लागिएको हो ।
सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा यही वैशाख ६ र ७ गते दुई दिन खेलाडी छनौट गर्न लागिएको हो । संघका अध्यक्ष श्रीधर केसीले छनौटमार्फत प्रदेश टीम निर्माण गरिने बताए । छनौटमा सहभागी हुन चाहने खेलाडीले आज (बुधवार) साँझ ५ बजेसम्म नाम टिपाउन संघले आग्रह गरेको छ ।
वैशाख ६ र ७ गते बिहान ७ बजेदेखि वीरेन्द्रनगरस्थित कालिञ्चौक मैदानमा खेलाडी छनौट गरिने जनाइएको छ । प्रतियोगिता आगामी वैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने जनाइएको छ ।

प्रकाशित मितिः   ५ बैशाख २०७५, बुधबार १६:४६