‘समृद्धिमा जुटौं’

सुर्खेत, ३० चैत ।
कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशबासीका नाममा शुभकामना व्यक्त गर्दै नयाँ वर्षको अवसरमा नयाँ उत्साह र उमंगसहित समृद्धिका लागि कर्णालीबासीले पौरख गर्ने बेला आएको बताएका छन् । उनले नयाँ वर्ष २०७५ को उपलक्ष्यमा कर्णाली प्रदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुख शान्ति समृद्धि सु–स्वास्थ्य दीर्घायु एवम् समृद्धिको कामना गरेका छन् ।
कर्णली प्रदेशमा रहेको अपार जलस्रोत, जडिबुटी, धार्मिक तथा पर्यटकीय क्षेत्र र वन सम्पदाको अधिकतम प्रयोग गर्दै प्रदेशलाई समुन्नत बनाउने हामी सबैको चाहनालाई पूरा गर्न नयाँ वर्षले पे्ररित गरोस् भन्ने कामना पनि प्रदेश प्रमुखले गरेका छन् ।