भेरी नदीमा व्यावसायिक र्‍याफ्टिङ्ग

‘सुरुमा त डर लागेको थियो । विस्तारै आनन्द लाग्न थाल्यो ।’ एकजना दाईले भन्नुभयो ।
पहिलो पटक ¥याफ्टिङ्गमा निस्किनु भएका दाईले भनेजस्तै सुरुमा डर मान्ने हामीहरूको एउटा समूह नै बन्यो । पहिलो पटक ¥याफ्टिङ्गमा जानेहरूको एउटा समूह थियो, जुन समूहका सदस्यहरूबीच समय–समयमा डर साटासाट भइरहेको थियो ।
हुन त पहिलो पटक ¥याफ्टिङ्गमा जाँदा जति डर लाग्छ ¥याफ्टिङ्गबाट निस्किंदा त्यति नै आनन्द लाग्छ । फेरि छिट्टै कहिले जाउँ भन्ने लाग्छ । हामी पनि पहिलो पटक ¥याफ्टिङ्ग गएर त्यस्तै अनुभूति गरेर फर्कियौं । सुरुमा जति धेरै डर लागेको थियो, डर विस्तारै आनन्दानुभूतिमा परिणत भयो । त्यसैले अहिले सुरुमा जति डर थियो त्यत्तिकै रहर अर्को पटक कहिले ¥याफटिङ्ग गर्न जाउँ भइरहेको छ ।
गर्मीयाम सुरु हुँदैछ, त्यसैले पनि अब ¥याफटिङ्गको विशेष महŒव छ । बराहताल गाउँपालिकाको तरङ्गालाई अन्तिम केन्द्रबिन्दु बनाएर रानीघाटबाट दिउँसो १ बजे भेरी नदीमा हाम्रो ¥याफ्टिङ्ग सुरु भयो ।
हाम्रो समूहमा १० र अर्को समूहमा ११ सदस्यीय गरी २ वटा समूहमा विभाजित भएर ¥याफ्टिङ्ग गर्दै पाँच घण्टा बितायौं । बढ्दो गर्मीले गर्दा ¥याफ्टिङ्गमा समय–समयमा भेटिने ¥याफ्टिङले शितलता प्रदान गरिरहेको थियो । भेरी नदीमा सफा पानी भएकाले ¥याफ्टिङ्ग निकै सजिलो रहेछ ।
तरंगा पुग्दा आकाशको घाम सुदूर क्षितिजमाथि पुगिसकेको थियो । साँझ पर्ने तरखर गर्दै थियो । ६ बजिसकेको थियो । तरङ्गा पुग्दा थुप्रै मानिसहरू भेला भएका थिए । सायद हामीलाई हेर्न भेला भएका होलान् । त्यहाँ भेरी नदी तर्नका लागि बनाइएको पुल छ, हामी त्यहीनिर ओर्लियौं । सदरमुकाम वीरेन्द्रनगरसँगै जोडिएको गाउँपालिका भएर पनि बराहतालका सबै स्थानमा टेलिफोनको नेटवर्क हुँदैन । तरंगामा पनि अवस्था उस्तै छ । सबै प्रकारका सीमले नेटवर्क देखाउँदैन । त्यहाँका स्थानीय नागरिक स्काइको सीम प्रयोग गरेर फोन गर्दा रहेछन् ।
बराहताल गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले सुर्खेतको रानीघाटदेखि तरङ्गासम्म त्यस दिन परीक्षणका रूपमा भेरी नदीमा ¥याफ्टिङ गरिएको थियो । बराहताल गाउँपालिकामा पर्ने भेरी नदीमा व्यवासायिक रूपमा ¥याफ्टिङ सञ्चालन गर्ने उद्देश्यले परीक्षणका रूपमा गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत पनि थिए ।
गाउँपालिकाले पर्यटकीय क्षेत्रबाट आर्थिक स्रोतको खोजी गरिरहेको छ । अहिले हाम्रा स्थानीय तह आर्थिक आर्जनका लागि स्रोतको खोजीमा छन् । कर्णालीका अधिकांश स्थानीय तह पर्यटकीय क्षेत्रबाट आफ्ना स्थानीय तहलाई धनी बनाउने योजनामा छन् । त्यही मध्येको एउटा स्थानीय तह सुर्खेतको बराहताल गाउँपालिका पनि हो ।
बराहताल गाउँपालिका हुँदै बग्ने भेरी नदीमा जलपर्यटन अन्तर्गतको ¥याफ्टिङ्ग सञ्चालन गर्ने योजनामा रहेको गाउँपालिकाले यहाँका अन्य पर्यटकीय क्षेत्रमा पर्यटकहरूको आगमन गराएर आर्थिक स्रोत खोजिरहेको छ । भेरी नदीमा ¥याफ्टिङ्गलाई व्यावसायिक रूपमा विकसित गर्न सकियो भने गाउँपालिकाको आर्थिक स्रोतको बाटो खुल्नेछ । ¥याफ्टिङ्ग सञ्चालनका लागि प्राविधिक ज्ञान दिएर गाउँपालिकाका युवाहरूलाई रोजगार बनाउन सकियो भने, बेरोजगारी समस्या हटेर र त जान्छ नै, जनप्रतिनिधिले चुनावी ताका लगाएका ग्रामीण रोजगारीका वाचाले पनि सार्थकता पाउनेछन् । जिल्लाका अन्य स्थानीय सरकारसँग पनि साझेदारी गरेर ¥याफ्टिङलाई व्यवसायीकरण गर्नु बराहताल गाउपालिकाको प्रमुख भूमिका हुन्छ । व्यावसायिक ¥याफ्टिङ्गलाई निरन्तता दिने लक्ष्य अनुसार गाउँपालिकाले योजना बनायो भने साथ दिनका लागि निजी क्षेत्र तयार छन् । सुरुवाती चरणमा गाउँपालिकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने देखिन्छ ।
हाल भेरी नदीमा ¥याफ्टिङ्गको बलियो सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रमा व्यावसायिक हिसाबले ¥याफ्टिङ्ग सञ्चालन गर्न नसक्नुका पछाडि केही बाध्यताहरू थिए होलान् तर पनि अब स्थानीय तह पन्छिन पाउने अवस्था नै छैन । आन्तरिक तथा बाह्य पर्यटकमा आकर्षण बढाइ पर्यटक आगमनको ढोका खोल्ने र विकास तथा व्यापारको प्रवद्र्धन गर्ने गाउँपालिका आफ्नै महŒवपूर्ण भूमिका देखिन्छ ।
कर्णाली प्रदेशको आर्थिक विकासको एक महŒवपूर्ण आधार पर्यटन हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कर्णाली प्रदेशमा सांस्कृतिक सम्पदाले पनि पर्यटकीय महŒव बोकेका छन् । कर्णाली प्रदेश सरकारले २०७५ लाई पर्यटन वर्ष घोषणा गरे पनि मुगुको राराताललाई मात्रै महŒव दिँदा यहाँका थुप्रै पर्यटकीय स्थलहरू ओझेलमा छन् । भेरी र कर्णाली नदीमा ¥याफ्टिङ्गको व्यावसायिक सुरुवात गर्ने हो भने, स्थानीय र प्रदेश सरकारले पर्यटनबाटै प्रदेशको आर्थिक समृद्धि ल्याउन सक्छ ।
पर्यटनमा पनि सरकारले साहसिक पर्यटन प्रबद्र्धनका कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । आन्तरिक पर्यटन प्रबद्र्धनका साथै साहसिक पर्यटनको महŒवपूर्ण आधार ¥याफ्टिङलाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धनका लागि मेहेनत गर्नुपर्ने देखिन्छ । भेरी नदीमा रमणीय बहाव र आकर्षक छालसहितको लामो गन्तव्यले जल पर्यटनको आकर्षण झनै बढाएको छ । रबरबाट बनेको डुङ्गामा बसेर नदीको बहावसँगै बग्दै जाने प्रक्रिया ¥याफ्टिङ्ग हो । यो साहसिक पर्यटन अन्तर्गत पर्दछ । यो साहसिक जलयात्रा पनि हो । यसबाट पर्याप्त मनोरञ्जन प्राप्त हुन्छ ।
जोखिम न्यूनीकरणका लागि विभिन्न आधुनिक प्रविधि र तरिका अवलम्बन गरिए पनि जोखिम मोल्न नसक्नेहरूका लागि ¥याफ्टिङ्ग गाह्रो नै लाग्छ । ¥याफ्टिङ्गमा आकस्मिक उद्दारका लागि रिभरगाइडसँगै विभिन्न किसिमका प्रविधिहरू पनि राखिएको हुन्छ, त्यसैले अधिकांश व्यक्तिहरू ¥याफ्टिङ्गबाट मनोरञ्जन लिन्छन् । पछिल्लो समयमा ¥याफ्टिङ्गप्रति मानिसहरूको आकर्षण बढ्दै गएकाले व्यवसायीहरू पनि उत्साहित भएका छन् । तर व्यवसायका लागि छुट्टयाएका नदीमा प्रदुषण बढ्नुले व्यवसायीहरूमा निराशपन पनि उत्तिकै बढिरहेको छ ।
नेपालका प्रायः सबै राजमार्ग नदीका किनारबाट लगिएका छन् । त्यसैले मानवबस्तीबाट निस्किने मलमूत्रका ढल पनि नदीमा पठाइने गरिएको छ । त्यस्तै, नदी किनारमा बालुवाखानी सञ्चालन भएका छन् । यसले गर्दा नदी वर्षभरी धमिलो हुने गरेकाले पनि यी सबैको प्रत्यक्ष असर ¥याफ्टिङ्ग व्यवसायमा परेको छ । बढ्दो प्रदुषणले नदीमा सञ्चालित जलयात्रा व्यवसाय संकटमा पर्ने देखिन्छ । मानवीय अतिक्रमण र अव्यवस्थित बजारीकरणले नदीमा प्रदूषण बढेपछि जलयात्रा व्यवसाय संकटमा पर्नेछ, त्यसैले यसका लागि सम्बन्धित निकायले समयमै सोच्नुपर्ने देखिन्छ ।
यसरी भेरी नदीमा व्यावसायिक ¥याफ्टिङ्ग सञ्चालन गरेर सुर्खेतको बराहताल गाउँपालिकालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने गरी थप पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यकता छ । गाउँपालिकामा प्रशस्त पर्यटकीय सम्भावना रहेकाले पर्यटकीय क्षेत्रको विकास गरी गाउँपालिकाबासीको आर्थिक अवस्था माथि उठाउने बराहताल गाउँपालिकाको योजना अनुसार पर्यटकीय गतिविधि सञ्चालन गर्न लागिएको हो । सोही योजनालाई सफल पार्न गाउँपालिकाले पर्यटकीय महोत्सव पनि सञ्चालन ग¥यो । महोत्सवका समयमा मात्रै नभएर बराहताल गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रमा पर्यटकहरू भिœयाउन सकियो भने गाउँपालिकाको वडा नम्बर ५ सालघारीमा रहेको सुन्द्वारी होमस्टेलाई समेत आर्थिक सहयोग पुग्नेछ । यति मात्रै होइन गाउँपालिकाले पर्यटन क्षेत्रको व्यवस्थित विकासका लागि पर्यटन गुरु योजना बनाएर काम अगाडि बढाइयो भने पर्यटकीय क्षेत्रको विकासबाट स्थानीय नागरिकको जीवनस्तर माथि उठ्ने छ । पर्यटन र कृषिलाई सँगसँगै जोडेर लैजादा दुवै क्षेत्रको एकैपटक विकास हुनेछ ।

प्रकाशित मितिः   १ बैशाख २०७५, शनिबार १६:०९