वेतन–कर्णालीका लागि स्रोत जुटाइदैं
सुर्खेत, २९ चैत ।
निर्माणधीन वेतन–कर्णाली जलविद्युत आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउनका लागि कर्मचारी सञ्चय कोष, एसबीआई र नबिल बैंकबीच बैंकिङ सहवित्तीयकरण समूहमार्फत् ऋण व्यवस्थापन गर्न सहमति भएको छ ।
बिहीवार कर्मचारी सञ्चय कोषको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोषका कार्यबाहाक प्रशासक दीपक रैनियार, एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समझदारी पत्रमा हस्ताक्षेर गरेका छन् । वेतन कर्णाली जलविद्युत आयोजनाको डीपीआर निर्माणको काम भइरहेको छ ।
कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको वित्तीय व्यवस्थापनको काम भने कर्मचारी सञ्चय कोषले गर्दैछ । ७० अर्ब लागत अनुमान गरिएको उक्त परियोजनाको निर्माणका लागि कम्पनीसँग २० अर्ब पूँजी रहेको र बाँकी ४९ अर्ब ऋण व्यवस्थापन गर्नुपर्ने भएपछि ऋण व्यवस्थापनको कार्य अगाडि बढेको हो । कोषले श्रण व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंकिङ वित्तीय संस्था र वित्तीय उपकरण अबलम्बन गरी स्रोत जुटाउने लक्ष्य लिएको छ ।
साझा बिसौनी ।