रारा तालमा वाईफाई फ्रि

सुर्खेत, २९ चैत । (साबिस)
रारा तालमा बिहीवारदेखि ‘फ्रि वाईफाई’ चलाउन पाइने भएको छ । निजी क्षेत्रको ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले पहिलो पटक तीन हजार मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा फ्रि वाईफाई सुविधा दिएको हो ।
रारा क्षेत्रमा आउने पर्यटकलाई लक्षित गर्दै निःशुल्क वाईफाई सुविधा उपलब्ध गराएको वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय प्रविधि प्रबन्धक राजेन्द्र विष्टले जानकारी दिए । वल्र्डलिंकले रारापछि कर्णालीप्रदेश भरी नै इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य राखेको विष्टले बताए । कर्णाली प्रदेशले नयाँ वर्षका दिन घोषणा गर्न लागेको रारा कर्णाली भ्रमण वर्षलाई लक्षित गर्दै वल्र्डलिंकले इन्टरनेट जडान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते रारा तालबाट ‘रारा कर्णाली भ्रमण वर्ष’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः   ३० चैत्र २०७४, शुक्रबार १३:३४