आजदेखि रनिङ्गशील्ड
सुर्खेत, २६ चैत ।
१० औं राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगिता आजदेखि सञ्चालन हुँदैछ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा चिङ्गाड गाउँपालिकाको रानीबासमा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकुद विकास समितिले जनाएका छ । समितिका अध्यक्ष चन्द्रकुमार गिरीले मंगलवारदेखि हुने प्रतियोगिताका लागि सबै तयारी पूरा भएको बताए ।
प्रतियोगितामा प्रतिनिर्वाचन क्षेत्रबाट भलिबल, कबड्डी, उसु, कराँतेलगायतका ६ वटा खेलका लागि सात सय ६८ जना महिला र पुरुष खेलाडीहरू सहभागी हुने उनले जानकारी दिए । जसमा ९४ वटा पदक, ९४ रजक र एक सय ३२ काँस्य पदकका लागि प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथमका लागि १५ हजार नगद, द्वितीयका लागि १२ हजार र तृतीयका लागि नौ हजार रूपैयाँ नगद पुरस्कार रहेको छ । विगतमा जस्तो अंकका आधारमा नभइ गोल्ड मेडलका आधारमा मूल्यांकन हुनेछ । प्रतियोगितामा सहभागी खेलाडी मध्ये १२ जनालाई उत्कृष्ट कप प्रदान गरिने जनाइएको छ । ६ वटा खेलमा एक जना महिला र एक जना पुरुषलाई उत्कृष्ट कप प्रदान गरिने भएको हो ।
प्रतियोगितामा सहभागिताका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रमा ६ वटा उपकेन्द्रबाट खेलाडीहरू छनौट गरिएको हो । भौगोलिक विकटताका कारण विद्यार्थीहरूको सहभागिता न्यून हुने भएकाले ६ वटा उपकेन्द्रमार्फत् प्रतिष्पर्धीहरू छनौट गरिएको थियो । जसबाट छनौट भएका खेलाडीहरू बीच प्रतिष्पर्धा हुनेछ ।
साझा बिसौनी ।