सुर्खेत र दैलेखमा आजदेखि लागू लोडसेडिङ तालिका

lodसुर्खेत, २१ जेठ । सुर्खेत र दैलेखमा आजदेखि लोडसेडिङको नयाँ तालिका लागू हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सुर्खेतले आजदेखि लागुहुने गरि सुर्खेत सहित आसपासको क्षेत्रमा लोडसेडिङको समय घटाएको छ।
यसअघि हप्तामा ७७ घण्टा हुदै आएको लोडसेडिङ अब ७० घण्टा मात्र विद्युत कटौती हुने भएको हो। प्राधिकरणका अनुसार अब आइतवार विहान ४ देखी ८, साँझ १ देखी ६ बजे सम्म लोडसेडिङ हुने जनाएको छ। सोमवार विहान ४ देखी ९, दिउसो २ देखी ७, मंगलवार विहान ६ देखी १, साँझ ५ देखी ९, बुधवार विहान ११ देखी ५, साँझ ८ देखी ११ वजे सम्म बत्ति आउने छैन ।

यस्तै विहिवार विहान ९ देखी ४, साँझ ७ देखी १०:३०, शुक्रवार विहान ५ देखी ११, साँझ ४ देखी ८ बजे लोडसेडिङ हुने छ भने शनिवार विहान ७ देखी २, साँझ ६ बजेदेखी ९:३० सम्म बत्ति नआउने जनाएको छ । एक दिन ९ घण्टा, चार दिन १० घण्टा र दुई दिन साढे १० घण्टा बिजुली आउने छैन। बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणले सबैलाई आग्रह गरेको छ।नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७३, शुक्रबार ०७:५७