‘रेडियोमा आवाज सुनेर मन पराएँ’
कसैले कसैलाई देखेर मन पराउने व्यक्तिहरू हामीले धेरै देखेका र सुनेका छौं । तर, मान्छेको आवाज सुनेर तर मान्छे नदेखेर नै मन पराउने मान्छे भने हामीले विरलै मात्र देखेका र सुनेका छौं । माया भन्ने चिज अनुभव गर्ने चिज हो । माया गर्नको लागि मान्छेको रूप रङ्ग हेरिदैन उसको आनीबानी व्यवहार र आचरण हेरिन्छ । उसको स्वभाव रहनसहन र संस्कार हेरिन्छ । तर, सुनिल पौडेलले भने रेडियोमा कसैको आवाज सुनेकै भरमा मन पराए । उनले मन पराएको केटी अरु कोही नभएर विन्दु पुरी थिइन् ।
पिता शिवप्रसाद पौडेल र माता तुल्सीदेवी पौडेलको कोखबाट २०४७ सालमा सुर्खेतको कालुङ्गचौकमा जन्मिएका सुनिल पौडेलको बाल्यकाल सुखद्सँग नै बित्यो । उनको बाल्यकाल साथीभाइसँग खेल्ने र पढाइमा नै बित्यो । उनी बाल्यकालमा अलि बढी नै चञ्चले स्वभावका थिए । कसैले पनि आफूलाई गरेको अत्याचार सहन नसक्ने जवाफ फर्काइ हाल्ने स्वभाव थियो । उनले कक्षा ८ सम्म इलाइट स्कुलमा पढेका थिए । कक्षा ९ देखि उषा बालवाटिका स्कुलमा पढ्दै अगाडि बढे । उनी एसएलसी दिएपछि नै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए । उनले जागरण एफएममा विन्दुले कार्यक्रम सञ्चालन गरेको सुनेर नै सुनिललाई विन्दु पहिले नै मन परेको थियो तर, उनले विन्दुलाई देखेका भने थिएनन् ।
विन्दुलाई देख्नकै लागि उनी युवराज शर्मा र नवराज शर्माको सहयोगमा उनी पनि जागरण एफएममा नै कार्यक्रम सञ्चालकको रूपमा प्रवेश गरे । उनले भने, ‘मैले उनको आवाज सुनेरै मन पराएँ, पछि देख्नकै लागि म पनि एफएममा कार्यक्रम सञ्चालन गर्न गएँ ।’ हुन त यो माया भन्ने चिज नै यस्तो छ मान्छेलाई कहाँबाट कहाँसम्म पु¥याइदिन्छ थाहै हुँदैन । सुनिललाई पनि रेडियोमा कार्यक्रम प्रस्तोता मायाले नै गरायो ।
कसैको आवाज सुनेको भरमा कसैलाई यति धेरैसम्म माया गर्ने व्यक्ति सायद विरलै पाइन्छन् । सुनिलले विन्दुको आवाज मन पराए, देखेपछि मान्छेलाई पनि मन पराए । सुनिल विन्दुको आवाज सुनेर कस्तो केटी होला भन्ने परिकल्पना गर्थे । एफएममा गए पछि उनले विन्दुलाई आफ्नो मनको कुरा कसरी भन्ने बाटो हेरिरहेका थिए । त्यसैमा विन्दुलाई कक्षा १२ को परीक्षाको लागि बिदामा बस्नुपर्ने भयो । सुनिललाई यही नै विन्दुसँग नजिक हुने बहाना भयो । विन्दुको कार्यक्रम सुनिलले सञ्चालन गर्नुपर्ने भयो त्यसै वहानामा सुनिलले विन्दुलाई कार्यक्रमको बारेमा सोध्नको लागि फोन गर्ने गर्थे ।
सुनिलले नयाँ वर्षको अवसर पारेर मोबाइलमा नयाँ वर्षको शुभकामना पठाए । त्यसपछि नै उनीहरू दुवैको फोनमा कुराकानी हुन थालेको थियो । उनीहरू भन्छन्, ‘नयाँ वर्षको शुभकामनाले हाम्रो सम्बन्धलाई अगाडि बढाउने बाटो बनाइदियो ।’
दिन प्रतिदिनको उनीहरूको फोनमा कुराकानी बढ्दै गयो । दुवैको भावना एक अर्काेले बुझेपछि उनीहरूलाई एकअर्काेलाई मन पराएको कुरा मुखैले बोल्नुपर्ने थिएन । उनीहरू भन्छन्, ‘एकअर्काेको भावना बुझ्नु पहिलो कुरा हो माया मनदेखि गरिन्छ मुखले बोलिरहनु पर्दैन ।’ उनीहरूले पनि एकअर्काेको मनको कुरा मुखले नै नबोलिकन नै बुझी सकेका थिए । दुवैले एकअर्काेलाई मन पराए पछि सुनिलले एफएममा काम गर्न छोडे । तर, विन्दुले भने एफएममा काम गरीरहिन् ।
एकअर्काेलाई मन पराएको तीन महिनापछि नै उनीहरूले भागी विवाह गरे । उनीहरूले २०६८ सालमा भागी विवाह
गरे । विवाहअघि जसरी उनीहरूको जीवन चलिरहेको थियो विवाहपछिका दिनमा ठीक विपरित भयो । विवाह पछिका दिन उनीहरूको लागि निकै कष्टकर बन्यो । उनीहरूले सोचेका पनि थिएनन् कि विवाह पछिका दिनमा यस्तो कष्टकर जीवन बिताउनुपर्छ । उनीहरू भन्छन्, ‘हामीले विवाह पछिका दिनमा धेरै दुःख कष्टहरू भोग्यौं ।’ सुनिल पौडेल र विन्दु पुरी भएकाले दुवैको अन्तरजातीय विवाह भएका कारण दुवैको घरपरिवारले स्वीकार नगर्दा घर छोड्नु परेको थियो ।
विन्दु भन्छिन्, ‘पुरीको छोरी पौडेलसँग विवाह गरी भनेर माइतीले पनि वास्ता गरेनन् र घरपरिवारले पुरीको छोरी विवाह ग¥यो भनेर घरकाले वास्ता गरेनन् ।’ उनीहरू विवाहपछि आफ्नो घर हुँदाहुँदै पनि कोठा भाडामा बस्नु प¥यो । घरपरिवारमा जात नमिले पनि सुनिलका हजुरआमा र हजुरबाबासँग कुरा नमिल्दा उनीहरू कोठाभाडा लिएर बस्नु परेको थियो । दुवैको आर्थिक स्रोत केही थिएन । विन्दु पढ्दै थिइन् पढ्नको लागि घरमा पैसा माग्ने सुनिलको आँट थिएन । त्यसैले पनि उनीहरू आर्थिक स्रोतको खोजीमा भौतारिरहेका थिए ।
सानै उमेरमा विवाह गर्दा र घरपरिवारको साथ नपाउँदा पाएको दुःख सम्झदै विन्दु भन्छिन्, ‘मेरो लागि जीवनमा कहिल्यै बिर्सन नसक्ने दुःखको क्षण हो ।’ न त माइतीको साथ छ न त घरपरिवारको साथ छ । यस्तो अवस्थामा पनि दुवैले एकअर्काेको हातमा हात मिलाएर हरेस नखाइ हिम्मतका साथ डटेर अगाडि बढे ।
पिता दयाराम पुरी र माता चन्द्रा पुरीको कोखबाट २०४८ सालमा सुर्खेतको लाटीकोइली–२ नयाँ गाउँमा जन्मिएकी विन्दुको बाल्यकाल मायाघरमा नै बित्यो । उनले बाबाको माया के हो महशुस गर्नसम्म पाइनन् । उनको बाबाले आमालाई धोका दिएको कुरा उनले जान्ने भएपछि थाहा पाइन् । त्यसपछिका दिनमा उनलाई केटा मान्छेहरू सबै एउटै, धोकेबाज हुन्छन् भन्ने लाग्ने गथ्र्यो । केटा मान्छेप्रतिको विश्वास उनमा थिएन । तर, पछि उनको सबै केटा मान्छे एउटै हुन्छन् भन्ने त्यो अन्धविश्वासलाई सुनिलले तोडिदिए । विन्दु भन्छिन्, ‘मैले बाबाको माया कस्तो हुन्छ भन्ने त महसुस गर्न पाइन तर, उहाँले मेरो जीवनमा केटाहरूप्रतिको मेरो अन्धविश्वास तोड्नु भयो, उहाँलाई म बुवापछिको दोस्रो रूप मान्छु ।’
बाल्यकाल मामा घरमा बिताएकी विन्दु अलि बढी हक्की स्वभावकी थिइन् । उनलाई कसैले केही कुरा भन्यो भने त्यसको जवाफ फकाई हाल्नुपर्ने हुन्थ्यो । कसैको पनि राम्रो पक्ष देख्ने बित्तिकै उनी त्यो पक्ष आफूमा उतार्ने गर्थिन् । उनी भन्छिन्, ‘म कसैको राम्रो पक्ष देख्ने बित्तिकै त्यो पक्ष आफूमा उतार्ने गर्थें ।’ उनको आमा मामाघरको एक्लो छोरी भएकाले उनीहरू सानैदेखि मामाघरमा नै बस्दै आएका थिए । मामाघरमा नै बसेर उनले कक्षा ८ सम्म न्यू किड्स बोर्डिङ्ग स्कुलमा पढिन् । कक्षा ९ देखि भने उनले जनसेवा उच्च माविमा पढिन् । एसएलसी पास भएपछि उनले सुर्खेत शिक्षा क्याम्पसमा अहिले स्नातक तहमा पढ्दै छिन् ।
उनको बाल्यकालदेखिको रुचि रेडियोमा काम गर्ने थियो । उनी घरमा बस्दा रेडियो खुबै सुन्ने गर्थिन् । रेडियो सुन्दै आफूले पनि घरमा ऐना हेर्दै कार्यक्रम सञ्चालन गर्ने गर्थिन् । रेडियोमा कसैले पनि कार्यक्रम सञ्चालन गरेको सुन्दा उनी अरुको डाहा गर्थिन् । उनले एसएलसी दिएपछि हजुरआमालाई भन्न लगाएर कुलमणि देवकोटामार्फत् जागरण एफएफममा कार्यक्रम सञ्चालन गर्न थालिन् । उनले पहिला पप सङ कार्यक्रमबाट सुरु गरेको रेडियो यात्रा करिब पाँच वर्षसम्म चलिरह्यो । विन्दुको रेडियो यात्राले जीवनसाथी पनि मिलाइ दियो ।
सुनिलले पनि एक वर्षसम्म जागरण एफएममा नै काम गरेपछि घरव्यवहार धान्नुपर्ने जिम्मेवारी उनमा आइप¥यो । विवाह पछिका दिनमा विन्दु एफएममा नै काम गर्न थालिन भने सुनिल अर्काेको पसलमा काम गर्न थाले । कोठाभाडादेखि हर कुरा पूरा गर्नुपर्ने आफ्नै जिम्मेवारी भएपछि दुवैले मेहेनत गर्न थाले । उनीहरूलाई नत माइतीबाट सहयोग थियो नत घरपरिवारबाट । बेसहारा जीवनमा दुवै जना एकअर्काेको सहारा बन्दै अगाडि बढे । भनिन्छ, मान्छेलाई जबसम्म दुःख पर्दैन तबसम्म उसले प्रगतिको बाटो देख्दैन । उनीहरूलाई पनि त्यही दुःखले नै अगाडि बढ्ने साहस दियो ।
दुवै जना बाल्यकालदेखि नै सुख सयलमा हुर्किएका विवाहपछि यसरी दुःख भोग्नुपर्छ भन्ने सोचेका थिएनन् । सङ्घर्ष नै जीवन हो, उनीहरू भन्छन्, ‘सङ्घर्षविना जीवन चलाउन नसकी रहेछ ।’ एक त माइती छोडेर जाँदाको पीडा त्यसैमा माइती र घरबाट सहयोग नपाउँदा त्यस्तो अवस्थामा कस्तो हुन्छ भन्ने अनुभव सायद हर छोरीहरूलाई थाहा होला । कसैको पनि साथ विना जीवन चलाउन यो जोडीको लागि मुस्किल नै
थियो । तर, विन्दुको माइतीको मन भने फर्कियो । अन्तरजातीय विवाह गरे पनि आफ्नो सन्तानसँग बाबुआमा कति नै रिसाइरहन सक्छन् र । विन्दुको हजुरआमा उनीहरूको कोठा हेर्न आउँदा उनीहरूको अवस्था देखेपछि नै उनीहरूलाई सहयोगका हात भेटियो । उनीहरू भन्छन्, ‘माइतीको सहयोगमा नै हामीले सानो व्यापार सुरु
ग¥यौं ।’
साथमा छोरी सुविसु भएपछि विन्दुले एफएममा काम गर्न छोडिन् । दुवैले माइतीको सहयोगमा व्यापार सुरु गरेपछि उनीहरूको जीवनमा फेरि खुशीका वहारहरू आउन
थाले । सानो लगानीमा सुरु गरेको व्यापार फस्टाउँदै गयो । उनीहरूलाई त्यही व्यापारले विदेशसम्म पुग्ने अवसर दियो । सामसुङ मोबाइल सेटहरू सबैभन्दा धेरै बिक्री गर्न सफल भएको भन्दै दुवै जोडीलाई मलेसिया, थाइल्याण्ड र सिङ्गापुरमा घुम्ने अवसर पनि पाएका थिए । कुनै बेला आर्थिक स्रोत नभएर भौतारिएका यो जोडीले अहिले तीन जनालाई जागिर समेत दिएका छन् ।
उनीहरूको व्यापारकै कुरामा कहिलेकाहीं सामान्य झगडा हुने गर्छ । तर, धेरै बेरसम्म भने रिसाइरहन दुवै जना सक्दैनन् । उनीहरू भन्छन्, ‘हाम्रो झगडा व्यापारकै कुरामा पर्ने गर्छ घरायसी कुरामा कहिल्यै झगडा पर्दैन ।’ विन्दु अलि बढी नै रिसाउँछिन् ।
सानो–सानो कुरामा झट्ट रिसाए पनि फेरि एकै छिनमा विन्दुको मन फर्किनछ । बिदाको दिन पारेर दुवैजना घुम्न जाने गर्छन् ।
दुवै जना एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । सुनिललाई विन्दुको आफूलाई हर कुरामा सल्लाह दिने र आतिएको बेला सम्झाउने बानी मन पर्ने गर्छ । उनी भन्छन्, ‘मलाई उनले हरेक कुरामा सहयोग गर्ने र म आतिएको बेला राम्रोसँग सम्हाल्ने बानी मनपर्ने गर्छ ।’ त्यस्तै छिन–छिनमा रिसाउने बानी भने हटाइदिएको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ । विन्दुलाई भने सुनिलको कुनै खास दिन अथवा जन्मदिन, विवाह भएको दिनमा नभनेरै सरप्राइज दिने बानी मनपर्ने गर्छ । उनी भन्छिन्, ‘उहाँको मलाई सरप्राइज दिने बानी मनपर्ने गर्छ ।’ त्यस्तै सुनिल अरुलाई छिट्टै विश्वास गर्ने र अरुले जे भन्यो त्यही पछि लाग्ने बानी भने अलि मन पर्दैन ।
उनीहरूको अनुसार दाम्पत्य जीवन सफल बनाउनको लागि एकअर्काेमा विश्वास हुन जरुरी छ । एकलाई दुःख पर्दा अर्काेले सहयोग गर्न सक्नुपर्छ । जबसम्म एकले अर्काेको भावना बुझेर अगाडि बढ्न सके मात्र दाम्पत्य जीवन सुखमय बनाउन
सकिन्छ । यो जोडीका अनुसार जिन्दगी भरीको लागि साथ दिने साथी नै जीवनसाथी हो । आमा बाबु, घरपरिवार, छोरा छोरी सबैको माया दिन सक्ने साथी नै जीवनसाथी हो । सुख–दुःख बिसाउने चौतारी नै जीवन साथी हो । उनीहरू भन्छन्, ‘प्रेम र विवाहमा फरक रहेको छ, प्रेम सबैसँग हुन्छ विवाह एक जनासँग मात्र हुन्छ ।’ जीवन भनेको सङ्घर्ष हो । जीवन एउटा अमूल्य बरदान पनि हो । एकचोटी पाएको जीवन फेरि अर्काे चोटी पाइदैन त्यसैले यही जीवनमा हो केही गरेर देखाउने ।
साझा बिसौनी संवाददाता ।