संसदद्वारा प्रगति सार्वजनिक

सुर्खेत, २३ चैत ।
कर्णाली प्रदेश संसदले दुई महिनामा गरेका महŒवपूर्ण कामहरू सार्वजनिक गरेको छ । संसद सचिवालयले शुक्रवार पत्रकारहरूसँगको भेटघाटमार्फत् आफ्ना गतिविधिहरू सार्वजनिक गरेको हो ।
गत माघ २१ गते बसको पहिलो संसद बैठकयता प्रदेशको नामाकरण, राजधानी लगायतका महŒवपूर्ण काम टुंग्याएको छ । अन्य प्रदेशको तुलनामा छोटो अवधिमा महŒवपूर्ण निर्णय गरेको प्रदेश सभामुख राजबहादुर शाहीले बताएका छन् । पत्रकारहरूसँग अनौंपचारिक छलफल गर्दै उनले यस्तो बताएका हुन् । अब कर्णाली प्रदेश संसदले कानुन निर्माणमा तीव्रता दिने उनले बताए । प्रदेशसभा पहिलो बैठकबाट प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ पारित, दोस्रो वैठकबाट सभामुख चयन, तेस्रो बैठकले उपसभामुख चयन, चौथो बैठकले प्रदेशसभाको नामाकरण गरेर ‘कर्णाली प्रदेश’ र स्थायी राजधानी वीरेन्द्रनगर राख्ने निर्णय गरेको थियो ।
यस्तै, प्रदेशसभाको पाँचौं बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिए भने, छैठौं बैठकले कार्य व्यवस्था परामर्श समितिले पूर्णता पायो । प्रदेशसभाको सातौं र आठौं बैठकले प्रदेशसभा नियमावली र नवौं बैठकले आर्थिक कार्यविधि विधेयक २०७४ सर्वसम्मत् पास गरेको छ । संसद सचिवालयले हालसम्म विभिन्न छलफलहरू गर्न ११ पटक संसदीय दलको बैठक बसेको संसद सचिव राजेश पौडेलले जानकारी दिए ।

प्रकाशित मितिः   २४ चैत्र २०७४, शनिबार १६:३३