आजदेखि बराहताल महोत्सव
सुर्खेत, २२ चैत ।
बराहताल कृषि तथा पर्यटन महोत्सव २०७४ आज (शुक्रवार) देखि सुरु हुँदैछ । बराहताल गाउँपालिकाको आयोजनामा महोत्सव हुने भएको हो । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट ३१ किलोमिटर पश्चिम रहेको सुन्दर बराहताल संरक्षण र प्रचार गर्न महोत्सवको आयोजना गरिएको हो ।
बराहताल गाउँपालिकाले दिएको जानकारी अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही छन् ।
महोत्वस अवधिभर प्राकृतिक सुन्दरता, २५ प्रजातिका चरा पाइने, जंगलको बीचमा रहेको र जंगली जनावरसमेत अवलोकन गर्न पाइने गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताए । उनका अनुसार गाउँपालिकाले पर्यटन प्रबद्र्धन र पर्यटकीय क्षेत्रमा हुने लगानीलाई प्राथमिकता दिएको छ । धार्मिक र पर्यटकीय सम्भावना बोकेको बराहतालको संरक्षण र प्रचार–प्रसारका लागि गाउँपालिकाले पर्यटन महोत्सवको आयोजना गरेको उनले जानकारी दिए ।
महोत्सवको माध्यमबाट सबैको ध्यान बराहतालतर्फ केन्द्रित गर्ने र त्यहाँ पुग्ने पर्यटकको सुझावका आधारमा बराहतालमा पर्यटन विकासका लागि गुरुयोजना बनाउने गाउँपालिकाको तयारी छ । आजदेखि तरंगास्थित भेरी नदीको किनारमा सञ्चालन हुने महोत्सव २७ गते सम्पन्न हुनेछ ।
साझा बिसौनी ।