गुर्भाकोटको नगरसभा

गुर्भाकोट, २० चैत ।
गुर्भाकोट नगरपालिका सुर्खेतको दोस्रो नगरसभा मंगलवारदेखि मेहेलकुनामा सुरु भएको छ । नगरसभाले पहिलो दिन नै नगरसभा सञ्चालन तथा व्यवस्थापन कार्यविधि नियमावली–२०७४ पारित गरेको छ । सभामा मस्यौदा विधेयक समितिका संयोजक लालबहादुर पुनले उक्त मस्यौदा छलफलका लागि पेश गरेका थिए ।
त्यसैगरी गुर्भाकोट नगरपालिकाको शिक्षा सम्बन्धी ऐन २०७४ को मस्यौदा सामाजिक विकास समितिका संयोजक चित्रबहादुर रेग्मी, आर्थिक विकास समितिका संयोजक खुमबहादुर विकले नगरपालिकाको आर्थिक कार्यविधि ऐन २०७४ को मस्यौदा, सहकारी ऐन र कृषि व्यवसाय प्रबद्र्धन सम्बन्धी ऐन २०७४ को मस्यौदा लगायतका मस्यौदाहरू नगरसभा निर्णयार्थ पेश गरेका छन् । ती मस्यौदाहरूमाथि छलफल गरी पारित गरिने जनाइएको छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७४, बुधबार ०८:१९