महिलाको अवस्था सुधार्न घोषणापत्र
सुर्खेत, २० चैत ।
कर्णाली प्रदेशका महिलाहरूको अवस्था परिवर्तन गर्न घोषणा पत्र जारी गरिने भएको छ । यही चैत २२ गतदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने महिला अधिकारकर्मीहरूको प्रदेश भेलाले घोषणा पत्रमा जारी गर्ने भएको हो ।
महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले कर्णालीको वर्तमान अवस्थाबारे छलफल गरी आगामी रणनीतिबारे घोषणा पत्र जारी गर्ने भएको हो । नवनिर्वाचित महिला जनप्रतिनिधिहरू र सामाजिक आन्दोलनमा लागेका महिला अधिकारकर्मीहरूबीचको दृष्टिकोण र त्यसको महŒवबारे धारणगत स्पष्टता ल्याउँदै सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्य भेलाको छ ।
भेलामा महिलाको श्रम, महिलाको शरीर, महिलाको पहिचान, स्रोत माथि महिलाको पहँुच र हानिकारक परम्परामा आधारित हिंसा सम्बन्धी छलफल हुनेछ । तीन दिनसम्म सञ्चालन हुने भेलाबाट सामाजिक न्यायमा आधारित भएर अबको पाँच वर्षमा स्थानीय तहमा गर्न स्व–मूल्यांकन र सहजीकरणका लागि आचारसंहिता निर्माण गर्ने, सामाजिक न्यायमा आधारित भएर रूपान्तरका क्रममा समुदाय, प्रदेश र केन्द्र सरकारले गर्नुपर्ने कामहरूको बारे स्पष्टता ल्याउने र घोषणा पत्र जारी गरिने जनाइएको महिला मानवअधिकार रक्षक सञ्जालका सचिवालय सदस्य नाराणयी देवकोटाले बताइन् ।
भेलामा स्थानीय तहका उपप्रमुखहरू, महिला मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधि, महिला क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधि, महिला अधिकारका क्षेत्रमा स्वतन्त्र काम गरिरहेका व्यक्तिहरू गरी करिब दुई सय जनाको सहभागिता हुने सञ्जालका जिल्ला अध्यक्ष पवित्रा शाहीले जानकारी दिइन् । कार्यक्रम महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल, जिल्ला सञ्जाल, केड, आवाज र प्रदेशमा रहेको विभिन्न स्थानीय तहको समन्वयमा आयोजना हुने भएको हो ।
साझा बिसौनी ।