शिक्षा क्याम्पसमा तालाबन्दी

सुर्खेत, १९ चैत ।
११ बुँदे विभिन्न माग राख्दै सुर्खेत क्याम्पस शिक्षामा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । नेपाल प्रगतिशील प्राध्यापक संगठन इकाई समिति सुर्खेत क्याम्पस शिक्षाले सोमवार तालाबन्दी गरेको हो ।
संगठनले क्याम्पसको हाताभित्र रहेको जग्गा अनाधिकृत रूपमा लामो समयका लागि भाडामा दिएको जग्गा फिर्ता लिनुपर्ने, शैक्षिक गुणस्तरलाई ध्यानमा राखी सेमेस्टर प्रणाली लागू गर्नुपर्ने माग गरेको छ । क्याम्पसका गाडीहरूको दुरूपयोग रोक्नुपर्ने, क्याम्पसलाई बहुमुखी संकायमा लैजान भएको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने माग संगठनले अगाडि सारेको छ ।
यस्तै, विद्यार्थी कल्याण तथा खेलकुद विभाग, छात्राबास लगायत सम्पूर्ण शाखाहरू सक्रिय र व्यवस्थित बनाउनुपर्ने, आंशिक प्राध्यापकहरूलाई न्यायोचित र सम्मानजनक पारिश्रमिक उपलब्ध गराउनुपर्ने, आईसीटी र विज्ञान संकायका प्रयोगशालाहरू वयवस्थित बनाउनुपर्ने, क्याम्पस प्रशासन भवन वरिपरि रहेका अव्यवस्थित घर–टहरा हटाई उक्त जग्गा वरीपरि पर्खाललगाई सुरक्षित गर्नुपर्ने माग संगठनको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस ईकाई समितिका अध्यक्ष दीपेन्द्रकुमार खत्रीले प्रागिक क्षेत्रको विकासका लागि तालिम, सेमिनार, गोष्ठीमा वरिष्ठताका आधारमा पठाउन माग गरिएको बताए ।

प्रकाशित मितिः   २० चैत्र २०७४, मंगलवार १५:२८