दैनिक एक हजार पर्यटक भित्र्याइने

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ चैत ।
कर्णालीमा प्रदेश सरकारले आउँदो वर्षलाई कर्णाली–रारा पर्यटन वर्षको रूपमा मनाउने भएको छ । आउँदो वर्ष २०७५ लाई पर्यटन वर्षको रूपमा मनाउन लागेको सरकारले त्यसको तयारीलाई पनि तीव्रता दिएको हो । पर्यटन वर्षको वैशाख १ गते मुगुको रारा तालमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

कर्णालीमा आर्थिक आम्दानीको प्रमुख स्रोत पर्यटन रहेको निश्कर्षसहित प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकता दिएको हो । पर्यटन वर्षको अवधिभर पाँच लाख पर्यटक भिœयाउने लक्ष्य राखेको सरकारले दैनिक एक हजार पर्यटक कर्णालीमा भिœयाउने योजना बनाएको छ ।
प्रदेश सरकारले कर्णालीको प्रचार गर्न र पर्यटन प्रवद्र्धन गरी आर्थिक स्रोत वृद्धि गर्न पर्यटन वर्ष घोषणा गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । उनले कर्णाली प्रदेशलाई पर्यटन हवको रmपमा विकास गर्ने र वर्षमा लाखौं पर्यटकहरू भिœयाउने लक्ष्य अगाडि सारिएको बताए । पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गरि कर्णालीको ५१.२ प्रतिशत गरिबीको संख्यालाई न्यूनीकरण गर्न मद्दत पुग्ने उनको विश्वास छ । कूल ग्रार्हस्थ उत्पादनमा पर्यटनबाट हुने योगदानको हिस्सा बढाउने र व्यवसायमैत्री वातावरण निमार्ण गरी लगानी भिœयाउने उद्देश्य पर्यटन वर्षको रहेको छ ।
पर्यटकीय सम्पदाले धनी कर्णाली प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सरकारले नयाँ वर्षलाई पर्यटन वर्षको रूपमा घोषणा गरेको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल बताउँछन् । पर्यटन वर्ष उद्घाटन गर्ने दिन नजिकिएसँगै रारासम्म पुग्नका लागि सडक सञ्जालको मर्मत सुधार तीव्र पारिएको उनले बताए । पर्यटन वर्षको उद्घाटनका लागि रारामा विद्युत, सञ्चार, सडकलगायतका आवश्यकता पूर्वाधार निर्माणलाई तीव्र पारिएको हो ।
भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीले केन्द्र सरकारबाट विनियोजित बजेट खर्च गर्न अख्तियारी नआए पनि सडक व्यवस्थापनलाई तीव्र पारिएको बताए । ‘क्षेत्रीय सडक डिभिजन कार्यालयले रारासम्म पुग्ने सडकको मर्मत सुरु गरिएको छ’ उनले भने, ‘प्रदेश सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्छ ।’ पर्यटन वर्षका रूपमा मनाउनु नै आम्दानीको स्रोत जुटाउनु भएकाले तत्कालका लागि अभावमै सरकारले विशेष योजना अगाडि सारेको उनले बताए । कार्यक्रमको उद्घाटनका क्रममा संघीय सरकारका मन्त्री, पूर्व प्रधानमन्त्रीहरू, सातै प्रदेशका मुख्यमन्त्रीहरू, कर्णाली प्रदेशसभा सदस्यहरू, नेपालस्थित विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरू, पर्यटन व्यवसायी, उद्योगी व्यवसायी, स्थानीय तहका पदाधिकारीहरूको उपस्थिति रहने जनाइएको छ । पर्यटन वर्ष व्यवस्थापनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा मूल आयोजक समिति र विभागीय मन्त्रीहरूको संयोजकत्वमा कार्य व्यवस्था समिति गठन गरिएको छ । ‘कर्णाली समृद्धिको आधारः पर्यटनको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ कर्णाली–रारा पर्यटन वर्ष २०७५ आयोजना हुने भएको हो ।
पर्यटन वर्ष उद्घाटन पश्चात हुम्लाको उत्तरी नाका, कालिकोटको पातल छहरा र डोल्पाको से–फोक्सुण्डोसम्मको भ्रमण, विभिन्न साँस्कृतिक झाँकीहरू, प्याराग्लाइडिङ्ग, ¥याफ्टििङ्ग, घोडा दौडलगायतका खेलहरूको आयोजना हुनेछन् । कर्णालीका रैथाने उत्पादनबाट बनेका परिकारहरू बिक्री वितरणसमेत गरिने छ । जसले आम्दानीको स्रोत वृद्धि हुने अपेक्षा प्रदेश सरकारले गरेको छ ।
रारामा मन्त्रीपरिषद्को बैठक
कर्णाली प्रदेशको मन्त्रीपरिषद्को तेस्रो बैठक मुगुको रारामा बस्ने भएको छ । नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यता कर्णाली प्रदेश सरकारको तेस्रो मन्त्रीपरिषद् बैठक रारामा बस्ने भएको हो । मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेशको विकासबारे खाका तयार पार्ने सामाजिक विकास मन्त्री दल रावलले बताए ।
प्रधानमन्त्रीको उपस्थितिमा बस्ने बैठकले राष्ट्रिय गौरवका आयोजना निर्माण, चीनसँगको पारवाहन सम्झौतालगायतको विषयमा छलफल हुनेछ । बैठकबाटै कर्णालीलाई ५० प्रतिशत बजेट केन्द्र सरकारले छुट्याउनसमेत अनुरोध गरिने उनले बताए । विकासमा पछाडि परेको कर्णालीलाई समृद्ध बनाउनका लागि विभिन्न निर्णयहरू गरिने भएकाले रारामा बस्ने मन्त्रीपरिषद्को बैठक निकै महŒवपूर्ण हुने मन्त्री रावलले
बताए । प्रदेश राजधानी वीरेन्द्रनगरमा बस्दै आएको मन्त्रीपरिषद् बैठक पहिलो पटक रारामा बस्ने भएको हो ।
प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाटै देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा रारा पुगेर देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
आगामी वैशाख १ गते प्रधानमन्त्री ओली ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ उद्घाटन गर्न रारा आउने कार्यक्रम छ । सोही अवसरमा उनले देशवासीका नाममा सम्बोधन गर्ने जनाइएको छ । ओलीले यसअघि नै कर्णालीको रारा पुगेर आफूले पर्यटन विकासको विगुल फुक्ने बताइसकेका छन् ।

प्रकाशित मितिः   १८ चैत्र २०७४, आईतवार १५:४४