सुर्खेतमा कर्मचारी संगठन विजयी

chunabसुर्खेत, १९ जेठ । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सुर्खेतमा निजामती कर्मचारी संगठन विजयी भएको छ । आज भएको निर्वाचनमा संगठनले ३ सय ८१ मतसहित पहिलो भएको हो । यस्तै नेपाल निजामति कर्मचारी युनियनले ३ सय ६८ मत प्राप्त गरी दोस्रो भएको छ ।
यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले ५९, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले १, नेपाल मधेसी निजामति कर्मचारी मञ्चले १६ र राष्ट्रिय कर्मचारी संगठनले १ मत प्राप्त गरेका छन् । ८ सय ३४ मत खसेकोमा ८ मत बदर भएको छ ।