दैलेखमा संगठन विजयी

FB_IMG_1464787268992दैलेख, १९ जेठ ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा दैलेखमा निजामति कर्मचारी संगठन विजयी भएको छ । आज भएको निर्वाचनमा १ सय ९६ मत प्राप्त गरी संगठन पहिलो भएको हो ।
यस्तै नेपाल निजामति कर्मचारी युनियन संघ १ सय १८ मत प्राप्त गरी दोस्रो भएको छ भने राष्ट्रिय कर्मचारी संगठन १६ मतका साथ तेस्रो भएको छ । दैलेखमा ३ सय ३९ मतदाता रहेका थिए । विजयपश्चात संगठनले दैलेख बजारमा विजय जुलुस निकालेको छ ।