सुर्खेतमा ८३४ मत खस्यो

chunabसुर्खेत, १९ जेठ ।

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सुर्खेतमा ८ सय ३४ मत खसेको छ । आज भएको मतदानमा ९ सय २६ मतदातामध्ये ८ सय ३४ जनाले मतदान गरेको र बाँकी ९२ जना भने मतदानमा सहभागि नभएको निर्वाचन समितिले जानकारी दिएको छ ।
आजै मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७३, बुधबार १३:०७