निजामती कर्मचारीलाई चुनावको रन्को
सुर्खेत, १९ जेठ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज सुर्खेतलगायत मुलुकभर सुरु भएको छ । सरकारले नै सार्वजनिक विदा दिएपछि आज कर्मचारीहरु चुनावी रन्कोमा छन् ।
राजनीतिक दलै पिच्छेका ट्रेड युनियन रहेका बेला उत्पन्न हुने विसंगतिलाई नियन्त्रण गर्न सरकारले पहिलो पटक निजामति कर्मचारीको आधिकारक ट्रेड युनियनको निर्वाचन गराएको हो । यो निर्वाचनमा सुर्खेतबाट ६ वटा विभिन्न दल निकट संगठनहरुले प्रतिस्पर्धा गर्दैछन् । बिहान ९ बजे देखि वीरेन्द्रनगस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भइहेको छ । निर्वाचनले निजामति कर्मचारीलाई मात्र होइन राजनीतिक दलका नेताहरुलाई पनि उत्तिकै छोएको छ । जिल्लास्थित प्राय सबै राजनीतिक दलका प्रमुखहरु पनि विहानैदेखि निर्वाचनस्थलमा पुगेर आफू निकटको संगठनका पक्षमा भोट मागिरहेका छन् ।
सुर्खेतमा ९ सय २६ मतदाता रहेका छन् ।
सरकारले १ केन्द्रीय, ४२ वटा विभागीय र ७५ वटा जिल्ला कार्यसमितिको निर्वाचन गर्न लागेको हो । निर्वाचनमा भाग लिएका संगठनले प्राप्त गरेको मतका आधारमा पदाधिकारी र सदस्य पद पाउनेछन् ।
साझा बिसौनी संवाददाता ।