बुलबुलेमा डुंगा सञ्चालन

सुर्खेत, ३ चैत ।
सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको बुलबुले तालमा डुङ्गा सञ्चालन गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासका लागि बुलबुलेमा डुङ्गा सञ्चालन गरेको हो ।
विगतदेखि प्रयोगविहीन बनेको बुलबुले तालमा नगर विकाससँग समन्वय गरी भेरी–कर्णाली ¥यापिड एड्भेन्चर प्रालिले डुङ्गा सञ्चालनमा ल्याएको हो । प्रालिका प्रमुख समुन्द्र गौतमका अनुसार १५ दिनका लागि परीक्षणमा एउटा डुङ्गा सञ्चालन गरिएको हो । तालको सरसफाई गरेसँगै सम्भाव्यता अध्ययन थालिएको उनले बताए । हाल उक्त तालमा चार वटासम्म डुङ्गा सञ्चालन गर्न सकिन्छ । उनले १५ दिनका लागि आधा घण्टा डुङ्गामा तालभरी यात्रा गरे वापत एक सय रूपैयाँ शुल्क निर्धारण गरिएको बताए । नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले तालमा डुङ्गा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकहरू बढ्ने विश्वास लिइएको बताए । उनले डुङ्गा नियमित रूपमा सञ्चालन गरिने जानकारी दिए ।
केही वर्ष पहिले अस्तव्यस्त बनेको बुलबुले उद्यान क्षेत्र पछिल्लो समयमा व्यवस्थित बन्दै गएको छ । उपत्यका नगर विकास समितिले उद्यान विकासमा तीव्रता दिएसँगै विभिन्न संरचनाहरू निर्माण भएका छन् । पुराना संरचनालाई पुनर्निर्माणसँगै नयाँ थप संरचना निर्माण थालेसँगै उद्यान क्षेत्र व्यवस्थित बन्दै गएको हो ।

प्रकाशित मितिः   ४ चैत्र २०७४, आईतवार १५:४७