वंश, गणजाती, जनजाती र राष्ट्र

कविराज खत्री

वंश मानिसहरूको त्यो ऐतिहासिक ऐक्यता हो जस अन्तर्गत उनीहरू रगतको नाता अनुसार निश्चित आर्थिक सम्बन्धहरूमा एकबद्ध भएका हुन्छन् । वंशमा एकबद्ध भएर नै उनीहरूले साझा हितको रक्षा गर्छन् र निर्मुक्त प्राकृतिक शक्तिहरूको विरुद्ध मिलिजुली संघर्ष गर्छन् । उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व र तिनको सामूहिक प्रयोग नै वंश व्यवस्थाको आर्थिक आधार थियो । वंशका सदस्यहरू मिलिजुली काम गर्थे र जीवनयापनको निम्ति आवश्यक उत्पादित साधनहरूको उपभोग पनि मिलेर नै गर्थे । वंशको नेतृत्व यस्तो सभाले गर्दथ्यो, जसमा सबै उमेर पुगेका पुरुष र महिलाहरू समावेश हुन्थे । यसै सभाले मुखिया वा सेनानी जस्ता नेताहरूको चुनाव गथ्र्यो र तिनलाई पदच्यूत पनि गथ्र्यो ।
वंशः वंश विकासको प्रारम्भिक चरण आमाको नाताबाट नै त्यसका सदस्यहरूलाई चिन्न सकिन्थ्यो । यस्तो सत्तालाई मातृ सत्ता भनिन्छ । पछि गएर जब लोग्ने मान्छेको श्रम सामाजिक दृष्टिकोणले बढी महŒवपूर्ण र निर्णायक हुन थाल्यो र विशेषतः पशुपालन र खनजोतमा आधारित भएको कृषि कार्यको विस्तार हुन थाल्यो, मातृ सत्ताको ठाउँ पृति सत्ताले लियो । यस व्यवस्थामा बाबुको नाताबाट वंशका सदस्यहरूलाई चिन्न थालियो । बाबुले पारिवारिक सम्पत्ति आफ्नो उत्तराधिकारीलाई सुम्पने प्रयास गर्दथे । यो सम्पत्ति सामूहिक वंशगत सम्पत्तिबाट विस्तार विस्तार अलगीन थाल्यो । केही वंशहरू गणजातिमा एकत्रित भए । वंशगत ऐक्यबद्धताद्वारा मात्र नभएर भाषा भू–खण्डको ऐक्यबद्धताद्वारा पनि गणजाति छुट्टिन गयो ।
आदिम व्यवस्थामा वंश तथा गणजातिको अस्तित्व थियो । जसले सामाजिक विकासमा निकै महŒवपूर्ण भूमिका खेलेका थिए । उत्पादनको विकास, वर्गीय समाज तथा राज्यको अभ्यूदयको साथसाथै रगतको साइनो क्रमशः कमजोर हुँदै गयो र वंश तथा गणजातिको ठाउँ मानिसहरूको नयाँ ऐतिहासिक ऐक्यता जनजातिले लिन थाल्यो । यद्यपि वंशगत व्यवस्थाका अवशेषहरू धेरै पछिसम्म पनि कायम रहे र एसिया तथा अफ्रिकाका अधिकांश देशहरूमा त साम्राज्यवादीहरूको उपनिवेशवादी नीतिको परिणामस्वरूप अहिलेसम्म पनि त्यसका तुसहरू बाँकी नै छन् ।
जनजातिः
मानिसहरूको ऐतिहासिक ऐक्यताको रूपमा जनजाति दासप्रथात्मक तथा सामान्तवादी समाजको निम्ति बढी स्वभाविक छ । वंशको तुलनामा जनजाति रगतको साईनोमा कम आधारित हुन्छ र मुख्य रूपमा भू–खण्डको ऐक्यताका साथसाथै भाषा र संस्कृतिको ऐक्यतामा आधारित हुन्छ । जनजातिहरूको उत्पत्ति मुख्यतः सगोत्री गणजातिहरूको सम्मिलनबाट नै भएको थियो ।
जनजातिको निम्ति स्वभाविक भौगोलिक, भाषागत तथा सांस्कृतिक ऐक्यताको निश्चित भौतिक आधार पनि थियो । ज्यादै नै कमजोर सामाजिक श्रमविभाजन भएको नैसर्गिक, मुख्यतया कृषिप्रधान आर्थिक व्यवस्था, किसानहरूको कुटिर उद्योग र पछि गएर घरेलु उद्योग यस्तै भौतिक आधार हुन् । तै पनि जनजातिले चाहिँदो मात्रामा मानिसहरूको स्थिर ऐक्यताको प्रतिनिधित्व गर्न सकेन किनभने दासप्रथा तथा सामन्तवादका अवस्थाहरूमा देशव्यापीस्तरमा अझै पनि आर्थिक ऐक्यता कायम हुन सकेको थिएन । यसको अभावमा मानिसहरूको घनिष्ट र स्थिर सम्बन्ध पनि असम्भव थियो ।
राष्ट्रः
पूँजीवाद व्यवस्थाको विकास हुँदै गएअनुसार सामन्तवादी समाजको निम्ति स्वभाविक विखण्डनता पनि विस्तारै विलाउँदै गयो र एउटै बजारको प्रार्दुभाव भयो । यसको परिणामस्वरूप जनजातिहरू पनि राष्ट्रमा परिणत भए, “राष्ट्र भनेको पूँजीवादी युगको सामाजिक विकासको अवश्यम्भावी उपज र अनिवार्य रूप हो ।”– लेनिन । जनजातिको जस्तै राष्ट्रको पनि भू–खण्ड, भाषा तथा मानिसहरूको स्थायी ऐक्यता हो । आर्थिक जीवनको ऐक्यता राष्ट्रको महŒवपूर्ण लक्षण हो । वास्तवमा अर्थतन्त्र र आर्थिक सम्बन्धहरूले नै एउटै भू–खण्डमा बस्ने तथा एउटै साझा भाषा बोल्ने मानिसहरूलाई एउटै राष्ट्रमा एकबद्ध पारेका हुन्छन् । आर्थिक तथा राजनीतिक विकासको प्रक्रियामा नै यी मानिसहरूको बीचमा मनोवैज्ञानिक ऐक्यता पनि स्थापित हुन जान्छ ।
राष्ट्र र प्रजाति भनेको एउटै कुरा होइन, छालाको रङ्ग, आँखाको बान्की, इत्यादि कतिपय शारीरिक आधारमा मानिसहरूको बाहिरी भेद छुट्टाउनुलाई नै प्रजातिहरूको भिन्नता भन्दछन् । साम्राज्यवादका सिद्धान्त कारकहरू कुनै जनताको आर्थिक, राजनैतिक तथा साँस्कृतिक स्तर र समाजमा कुनै व्यक्तिको स्थितिको व्याख्या जातीय लक्षणहरूको आधारमा गर्न खोज्छन् । तर इतिहासको अनुभव र वैज्ञानिक तथ्यहरूले चाहिँ सबै जातिका मानिसहरूको क्षमता समान हुन्छ भन्ने कुराको पुष्टि गरेको छ । यसको एउटै मात्र वास्तविक कारण हो– औपनिवेशिक उत्पीडनको परिणाम । वर्तमान समयमा पहिलेका उपनिवेश तथा परतन्त्र देशका जनताहरूले साम्राज्यवादको जुवामुनीबाट मुक्त भएर आफ्नो अर्थतन्त्र र संस्कृतिको सफलतापूर्वक विकास गरिरहेका छन् । समाजवादी विकासको मूलबाटोमा टेकेका जनताहरू विशेष द्रूत गतिले प्रगतिपथमा लम्कदैछन् ।
पूँजीवादी समाजमा राष्ट्र र राष्ट्रिय सम्बन्धः
पूँजीवादी समाजमा राष्ट्रको अत्यधिक बहुसंख्या मजदुरवर्ग तथा अन्य श्रमिक वर्गहरूबाट बनेको हुन्छ तापनि त्यसमा नेतृत्वदायी भूमिका चाहिँ बुर्जुवा वर्गले नै खेलेको हुन्छ । उत्पादनका सारा साधनहरू, राजकीय सत्ता, वैचारिक प्रभावका माध्यमहरू सबैमा उसको नियन्त्रण रहेको हुन्छ । यसै कारणले बुर्जुवा अर्थतन्त्र, राजनीतिक र विचारधाराले नै राष्ट्रको रूप पनि मूल रूपमा निर्धारित गरेको हुन्छ । तसर्थ पूँजीवादी व्यवस्थामा राष्ट्रहरूको विकास पनि आफ्नो मुक्तिको निम्ति उत्पीडन जनताहरूको बढ्दो संघर्षसँग अभिन्न रूपले सम्बन्धित हुन्छ ।
साम्राज्यवादी युग शुरु भएपछि राज्यको रूप र राष्ट्रिय सम्बन्धहरू पनि बदलिए । सम्पूर्ण पृथ्वी नै एक मुठ्ठी सत्तारुढ राष्ट्रहरू अर्थात् उत्युन्नन् साम्राज्यवादी मुलुकहरू र बहुसंख्यक औपनिवेशिक तथा परतन्त्र राष्ट्रहरू तथा देशहरूमा विभाजित भयो । माक्र्सवादी पार्टीले राष्ट्रिय लगायत कुनै पनि सामाजिक आन्दोलनमा वर्ग संघर्षको निर्णायक भूमिका हुन्छ भन्ने कुरा देखाउँछ र सबै देशका सर्वहारा वर्गको एकताको लागि आव्हान गर्दछ, बुर्जुवा राष्ट्रवादको खण्डन गर्दछ र श्रमिकहरूको चेतनामा सर्वहारा अन्र्तराष्ट्रियवादको भावना जगाउँछ ।

प्रकाशित मितिः   ४ चैत्र २०७४, आईतवार १५:४०