राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारी निर्वाचित

काठमाडौं- राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित भएकी छन्।

राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारी २७ हजार ५ सय ४५ मतभारले राष्ट्रपति निर्वाचित भएकी हुन्। भण्डारीको ३९ हजार २ सय ७५ मतभार छ भने प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेस नेतृ तथा पूर्वसांसद कुमारी लक्ष्मी राईको मतभार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद अनुपस्थित रहेका थिए। राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ र संघीय स‍ंसदका ३ सय ३१ सांसदको मतदाता सूचीमा नाम थियो।

९ वर्षीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो व्यक्ति भएकी छन्। संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने व्यवस्था छ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७४, मंगलवार १७:३६