विश्वकप छनोट : नेपालको सम्भावना कति ?

आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ मा स्कटल्यान्ड समूहमा भएका तीनै स्पर्धामा जित निकाल्दै सुपर सिक्समा प्रवेश गर्दा अन्य दुई टिमका लागि भने प्रतिस्पर्धा रोचक बनेको छ।

प्रतियोगितामा रहेको नेपालले प्रतियोगिताको दुई खेल खेलेको छ। छनोटका दाबेदार जिम्बाबे र स्कटल्यान्ड‍विरुद्ध नेपालले प्रतिस्पर्धामा नेपाल दुवै खेलमा पराजित छ तर पनि शीर्ष तीनमा रहँदै सुपर सिक्स छनोटको सम्भावनामा नेपाल अझै पनि बलियो दाबेदारकै रूपमा रहेको छ।

कसरी ?

प्रतियोगितामा नेपालले शनिबार (भोलि) हुने खेलमा प्रतियोगितामा खराब अवस्थाबाट गुज्रिरहेको अफगानिस्तानसँग प्रतिस्‍पर्धा गर्नेछ। जुन खेलमा नेपालले जित निकाल्नै पर्नेछ। त्यसपछि अन्तिम खेलमा चिरप्रतिद्वन्द्वी हङकङलाई पाखा लगाउनु पर्नेछ। समग्रमा भन्दा बाँकी दुई खेलमा नेपाललाई जित  खाँचो छ। नेपालले दुई खेलमा जित निकाले ४ अंक हुनेछ। यस्तोमा शनिबार नै हुने खेलमा जिम्बाबेले हङकङलाई पराजित गर्नुपर्नेछ। यदि हङकङले जिम्बाबेलाई हराएमा भने नेपालको यात्रा कठिन बन्नेछ। किनकि, हङकङसँग ४ अंकसहित राम्रो रनरेट हुनेछ र अन्तिम खेलमा नेपालसँग बलियो आत्माविश्वासका साथ खेल्नेछ।

जिम्बाबेले हङकङलाई हराएमा नेपालको समूहबाट स्कटल्यान्डसँगै जिम्बाबे शीर्ष तीनमा छनोट हुने छ जहाँ शीर्ष तीनमा पर्न नेपाल, हङकङ र अफगानिस्तानको प्रतिस्‍पर्धा हुनेछ। नेपालले दुवै खेल जितेमा र शनिबार आयोजकसँग हङकङ हारेमा नेपाल ४ अंकका साथ शीर्ष तीनमा तेस्रो टिमका रूपमा एकदिवसीय मान्यता पाउँदै सुपर सिक्स खेल्नेछ । हङकङको सम्भावना कति? नेपालभन्दा अझ बढी सम्भावना हङकङको छ। किनकि, हङकङले आफ्नो खेलमा एक मात्र हार व्यहोरेको छ। दुईमा एक खेलमा जित निकाल्दै २ अंक खातामा चढाउँदै अहिले तेस्रो स्थानमा छ। बाँकी खेलमा हङकङले दुईमध्ये एक खेलमा जित निकालेमा पनि राम्रो रनरेटमा छनोट हुने सम्भावना रहनेछ। तर, उसले दुवै खेल जितेमा भने नेपाल र अफगानिस्तान बाहिरिनेछन्।

हङकङका लागि शनिबार जिम्बाबेविरुद्धको खेलले ठूलो अर्थ राख्नेछ भने उसलाई विश्वकप छनोटमा नेपालको अप्सन बाँकी नै रहनेछ। जिम्बाबेको सम्भावना यस्तो छनोट भइसकेको स्कटल्यान्डबाहेक जिम्बाबे दोस्रो दाबेदार हो प्रतियोगितामा खेलेका दुवै खेलमा जित निकालेर छनोटमा दोस्रो स्थानमा छ। उसले अब बाँकी दुईमध्ये एक खेलमा जितेमा शीर्ष तीनमा रहनेछ। तर, शनिबार हङकङले जिम्बाबेलाई हराएको खण्डमा भने जिम्बाबेलाई पनि विश्वकप छनोटमा धक्का लाग्न सक्नेछ। किनकि, जिम्बाबेले स्कटल्यान्डसँग अन्तिम खेल खेल्नेछ जहाँ जिते स्वत: छनोट हुनेछ भने हारेमा भने अन्य टिमको नतिजा र रनरेटसमेत निर्णायक बन्नेछ। यदि नेपालले दुवै खेल राम्रो रनरेटमा जितेमा र जिम्बाबे फराकिलो अन्तरमा हारेमा प्रतियोगिताबाट आयोजक बाहिरिने सम्भावना बलियो हुनेछ। जहाँ रनरेटका आधारमा नेपाल, हङकङ र जिम्बाबे प्रतिस्पर्धामा रहनेछन्।

अफगानिस्तान सम्भावना

शीर्ष ६ मा पुग्ने सम्भावना गणीतीय बनेको अफगानिस्तानले अन्तिम खेलमा नेपाललाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ। हङकङले बाँकी दुई खेल हार्नुपर्नेछ। नेपालविरुद्धको खेलमा हङकङलाई नेपालले झिनो अन्तरले हराउनुपर्नेछ। त्यस्तै, हङकङ जिम्बावेसँग फराकिलो अन्तरले पराजित हुनुपर्नेछ। यसो भए स्कटल्यान्ड र जिम्बावेबाहेक तीन टिमको समान दुई अंक हुनेछ र रनरेट उच्च हुने टिम शीर्ष तीनमा पर्नेछ। यसका लागि अफगानिस्तानले नेपाललाई त हराउनुपर्छ नै साथमा नेपालले पनि हङकङलाई हराइदिनुपर्नेछ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७४, शुक्रबार १४:४१