कर्णाली प्रदेशस्तरीय क्रिकेट : जुम्लाको जीत, रुकुम पराजित
सुर्खेत, २३ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कर्णाली प्रदेशस्तरीय टि–२० लिग क्रिकेटमा जुम्लाले रुकुमलाई पराजित गरेको छ । आज भएको दोस्रो खेलमा जुम्लाले रुकुमलाई १० विकेटले पराजित गरेको हो ।
टस हारेर पहिलो ब्याटिङमा निम्त्याइएको रुकुमले ११ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ५५ रन मात्रै बनाउन सक्यो । रुकुमलाई सस्तैमा समेट्ने क्रममा जुम्लाका अमर केसी र जितेन्द्र शाहीले तीन/तीन विकेट लिए ।
५६ रनको लक्ष्य जुम्लाले विनाकुनै क्षति ६ ओभरमा पूरा गर्यो । उसका लागि समिर चन्दले ३६ र सुवर्ण शाहीले १४ रन बनाए ।
प्रकाशित मितिः २३ फाल्गुन २०७४, बुधबार १५:०६
साझा बिसौनी ।