विद्यार्थीलाई पोशाक वितरण

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ जेठ ।
लक्षितवर्गको बजेट अन्तगर्त शिव उच्च मावि धुलियाविटले विपन्नवर्गका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ । कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालाराम अधिकारीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए । कार्यक्रम व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद तिवारीको प्रमुख आतिथ्यता तथा उपभोक्ता समितिका अध्यक्ष शशीराम सुनारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।