विद्यादेवी भण्डारीलाई पुन: राष्ट्रपति बनाउने एमालेको निर्णय

सुर्खेत, २३ फागुन । नेकपा एमालेले राष्ट्रपतिमा विद्यादेवि भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेको छ ।

एमालेको स्थायी कमिटीको वैठकले वर्तमान राष्ट्रपति भण्डारीलाई नै पुन: राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।

मंगलबार राति सम्पन्न वैठकले भण्डारीको नाम टुंगो लगाएको हो ।

एमालेका बरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपति हुने इच्छा देखाएका थिए । तर अन्तिममा भण्डारीकै नाम टुंगो लागेको हो ।

एमालेकी पुर्वउपाध्यक्ष भण्डारी पहिलो पटक २०७२ मा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन ।