ला लिगामा मेस्सीको दबदबा, यस्तो छ ६ सय गोलको तथ्यांक
अन्ततः ला लिगाको विजेता टुंगो लाग्यो १ यसको ‘मास्टरमाइन्ड’ थिए उनै लियोनल मेस्सी ।
उनकै प्रेरणामा आइतबार एथ्लेटिको मड्रिडविरुद्ध महत्वपूर्ण जित हासिल गर्दै बार्सिलोना उपाधितर्फ लम्किएको छ ।
डियगो सिमोन्सको टोलीलाई क्याम्प नोउमा स्वागत गर्दा बार्सिलोनाको काम सामान्य थियो, मुख्य प्रतिस्पर्धीलाई अन्तिम धक्का दिएर उपाधिबाट पर धकेल्नु ।
अब एथ्लेटिकोविरुद्ध आठ अंकका दुरी कायम गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगमा आफ्नो ध्यान केन्द्रित गर्न सक्छ ।
बार्सिलोनाले मार्चमा ला लिगा आफ्नो पोल्टामा पार्यो भन्दा अन्यथा हुनेछैन । यसका लागि उसले आफ्ना सदाबहार नायकलाई पहिलो धन्यवाद दिनुपर्छ ।
यो सिजनका २७ लिग म्याचमध्ये १० वटामा मेस्सीले बार्सिलोनाका लागि गोलको खाता खोलेका छन् । उनको समग्र गोलसंख्या २३ पुगेको छ । त्यसमा चार पटक दुई गोल, एक ह्याट्रिक र एक पटक चार गोल गरेका छन् ।
मेस्सीका यी आँकडाहरुको नजिक पुग्न अरु खेलाडीलाई सजिलो छैन ।
मेस्सीले एथ्लेटिको जर्सी लगाएको भए हामी जित्यौं : सिमोन्स
बार्सिलोनासँग खेल्नु अघि एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले लगातार दुई ह्याट्रिक ९एउटा चार गोल० गरेका थिए । तर, मेस्सीका सामू उनी छायाँमा परे ।
खेलपछि एथ्लेटिको मड्रिडका प्रशिक्षक सिमोन्स भन्छन्, ‘यदि हामीसँग मेस्सी भएको भए वा उनले एथ्लेटिकोको जर्सी लगाएको भए हामीले खेल १-० ले जित्थ्यौं ।’
आफ्नो टोलीले अन्तिमसम्म प्रयास गरेको भन्दै उनले भने, मेस्सी विशेष खेलाडी रहे । उनले फरक पारे ।’
मेस्सीको ६०० औं गोल
एथ्लेटिको मड्रिडविरुद्ध गोल गरेसँगै बार्सिलोनाका अर्जेन्टिनी स्टारको गोल संख्या ६०० पुगेको छ ।
उनले क्लबका लागि ५३९ गोल गरेका छन् भने देशका लागि ६१ । उनले सबैभन्दा धेरै २९ गोल सेभिल्लाविरुद्ध गरेका छन् ।
ला लिगाको इतिहासमा सबैभन्दा धेरै ९३६० फरक टिमविरुद्ध गोल गर्ने खेलाडी पनि उनी नै हुन् । उनले गरेका ६०० गोलमध्ये १४८ गोल ७० देखि ९० मिनेटको बीचमा भएको छ ।
उनलाई धेरै गोल पास दिने ड्यानी अल्भेस हुन्, जो हाल पीएसजीमा छन् ।
मेस्सीले ला लिगाको ८ उपाधि उचालिसकेका छन् भने च्याम्पियन्स लिगमा चार पटक च्याम्पियन बनेका छन् ।
मेसीको ६ सय गोलको तथ्यांक
स्पेनिस महारथी क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले करिअरको ६ सय गोल पूरा गरेका छन्। मेसीले ला लिगा अन्तर्गत आइतबार एट्लेटिको म्याड्रिड विरुद्ध उत्कृष्ट फ्रिकिकमार्फत ६ सय गोलको कोशेढुंगा पार गरेका हुन्।
६ सय मध्ये मेसीले क्लबका लागि ५ सय ३९ तथा देशका लागि ६१ गोल गरेका छन्। खेल जीवनमा एउटै क्लब बार्सिलोनबाट मात्र खेलेका मेसीले ७ सय ४७ औं खेलमा ६ गोल पूर गरेका हुन्।
जारी सिजनमा मेसीले ३२ गोल गरिसकेका छन्। मेसीले खेल करिअरमा एट्लेटिको विरुद्ध २८ गोल गरेका छन्। मेसीले बढी गोल गरेको क्लब भने सेभिल्ला हो। गत साता उनले सेभिल्ला विरुद्ध व्यक्तिगत २९ गोल गरेका थिए।
३० वर्षीय फरवार्ड मेसी बार्सिलोनाका लागि मात्र होइन ला लिगाका पनि सर्वाधिक गोलकर्ता हुन्। खेल जीवनमा ३८ ह्याट्रिक गरिसकेका मेसीले गत साता एसिस्टको पनि रेकर्ड बनाएका थिए। लुइस सुआरेजलाई गिरोना विरुद्धको खेलमा पास दिएसँगै मेसीले ला लिगामा बढी एसिस्टको कीर्तिमान बनाएका हुन्। मेसीले ला लिगामा अहिलेसम्म १ सय ४७ एसिस्ट गरिसकेका हुन्। योसँगै उनले रियल म्याड्रिडका मिचेलको रेकर्ड भंग गर्न सफल भए।
मेसीले अहिलेसम्म ३० ट्रफि उचालिसकेका छन्।
फुटबलका धेरै रेकर्ड बनाइसकेका मेसीले केहि रेकर्ड भने अझै बनाउन बाँकी छ। मेसी च्याम्पियन्स लिगको बढी गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। च्याम्पिन्स लिगमा बढी गोल गर्ने खेलाडी रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो छन्। यस्तै उनी बढी उपाधि जित्ने कीर्तिमानबाट पनि टाढा छन्। बढी उपाधि जित्ने कीर्तिमान म्यानचेस्टर युनाइटेडका रायन गिग्स हुन्। बार्सिलोनाका लागि बढी खेल खेल्ने कीर्तिमानमा जाभीको नाममा छ।
६ सय गोलको तथ्याङ
देब्रे खुट्टाबाट– ४९६ गोल
दाहिने खुट्टाबाट– ७८ गोल
हेडमार्फत – २४ गोल
अन्य– २ गोल
पेनाल्टीमार्फत– ७७ गोल
सिधा फ्रिकिकमार्फत– ३९ गोल
डिबक्सबाट– ५०४ गोल
डिबक्सबाहिरबाट– ९६ गोल
मेसीले कुन प्रतियोगिता कति गरे गोलरु
ला लिगा– ३७३ गोल
च्याम्पियन्स लिग –९८ गोल
कोपा डेल रे– ४७ गोल
स्पेनिस सुपर कप– १३ गोल
युरोपियन सुपर कप– ३ गोल
क्लब विश्वकप– ५ गोल
कोपा अमेरिका– ८ गोल
फिफा विश्वकप– ५ गोल
विश्वकप छनोट– २१ गोल
मैत्रीपूर्ण खेल– २७ गोल
मेसीले जितेका उपाधि
ला लिगा – ८ पटक
च्याम्पियन्स लिग– ४ पटक
स्पेनिस कप– ५ पटक
साझा बिसौनी ।