विश्वकप छनौट : नेपालले दुइ सय रन बनायो

जिम्बावेले दिएको ३ सय ८१ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुइ सय रन पूरा गरेको छ । ४१ ओभरमा ५ विकेट गुमाएर नेपालले २ सय रन पूरा गरेको हो ।

विश्वकप छनौट अन्तर्गत जिम्बावे विरुद्धको पहिलो खेलमा नेपाल जिम्बावेविरुद्ध खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले नेपाललाइ ती सय ८१ रनको विशाल लक्ष्य दिएको छ ।

उक्त लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालको सुरुवात भने राम्रो हुन सकेन । ओपनर दिलिप नाथ २ रन मात्र बनाएर आएट भए । पहिलो पावर प्ले अन्तर्गतको दस ओभरमा नेपालले एक विकेटको क्षतिमा ३४ रन मात्र बनायो ।

प्रकाशित मितिः   २० फाल्गुन २०७४, आईतवार २०:११