विश्वकप छनौट : जिम्बावेले दियो नेपाललाई ३८१ रनको विशाल लक्ष्य

सुर्खेत, २० फागुन । सन् २०१९ मा हुने वान डे विश्वकप छनोटको पहिलो खेलमा घरेलु टोली जिम्बावेले नेपाललाइ विशाल लक्ष्य दिएको छ । पुरै ५० ओभर खेलेको जिम्बावेले ६ विकेट गुमाएर ३ सय ८० रन बनायो ।

टस जितेर पहिलो ब्याटिङ्ग रोजेको जिम्बावेले सुरुदेखि नै विष्फोटक ब्याटिङ्ग गर्दै उच्च स्कोर बनाएको हो ।

नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले दुई/दुई तथा सन्दिप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिए ।

समूह ‘बी’ मा रहेको नेपालको यो टेस्ट राष्ट्रविरुद्ध पहिलो खेल पनि हो ।

बलिङ्गमा बलियो मानिएको नेपाली टिमका बलरहरु जिम्बाले विरुद्ध कमजोर देखिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रकाशित मितिः   २० फाल्गुन २०७४, आईतवार १६:५५