ओपनिङमा नेपालको पुरानै समस्या, दिलिप नाथ २ रनमै आउट
विश्वकप छनौट अन्तर्गत जिम्बावे विरुद्धको पहिलो खेलमा पनि नेपालको ओपनिङमा देखिएको विगतको समस्या दोहोरिएको छ ।
ओपनिङ जोडी पाँच ओभरसम्म पनि टिक्न सकेन ।
चौथो ओभरमै व्यक्तिगत २ रन बनाएर ओपनर दिलिप नाथ क्याच आउट हुन पुगे ।
अर्का ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल भने खेलिरहेका छन् ।
विगतका खेलहरुमा जस्तै आज पनि नेपाली ओपनिङ जोडीले नेपाललाइ जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न असफल रह्यो ।
प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार १७:५०
साझा बिसौनी ।