जेठ २५ मा आमसभा हुँदै, केपी ओलीले सम्बोधन गर्ने

सुर्खेत, १७ जेठ ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आयोजनामा जेठ २५ गते वीरेन्द्रनगरमा आमसभा हुने भएको छ । उक्त आमसभालाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले सुर्खेतले जनाएको छ ।
वर्तमान राजनीतिक अवस्था, पार्टीको धारणा, सरकार सञ्चालनको अवस्था, संविधानको कार्यान्वयन लगायतका विषयमा कार्यकर्ता र जनतामाझ प्रष्ट पार्न आमसभा गर्न लागिएको जनाइएको छ । एमाले जिल्ला कमिटी सुर्खेतको सोमवार बसेको बैठकले आमसभा सफल पार्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ । आमसभामा जिल्लाका सबै गाउँ कमिटीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने एमाले सुर्खेतका सचिव मोहन बडुवालले जानकारी दिए ।
यसैबीच बैठकले यही जेठ १९ गते हुन गइरहेको निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचनमा सुशासन र आर्थिक समृद्धिको लागि नेपाल निजामती कर्मचारीलाई जिताउन मातहतका कर्मचारीलाई निर्देशन दिएको छ । साथै बैठकले नेपाल सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेट जनमुखी भएको भन्दै स्वागत गरेको छ । बैठक नेकपा एमाले सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीको अध्यक्षता तथा एमाले पोलिट्ब्यूरो सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७३, मंगलवार १०:३०