६० जनाको स्वास्थ्य परीक्षण

सुर्खेत, २४ चैत । (साबिस)
अपाङ्ग इकाई सशक्तीकरण वीरेन्द्रनगर –३ ले बुधवार आयोजना गरेको अपाङ्गता भएकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 
इकाईका अध्यक्ष किरणकिशोर सापकोटा, वडा नागरिक मञ्चका संयोजक गणेश गिरीको समेत उपस्थिति रहेको शिविर सुर्खेत हस्पिटलको समन्वयमा भएको हो । 
सो क्रममा मधुमेह, हेमोग्लोविन, रक्तचाप जाँच गर्नुका साथै करिब १० हजार मूल्य बराबरको औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा सामाजिक परिचालिका पुष्पा गिरी, भुपेन्द्र सापकोटाले सहजीकरण गरेका थिए भने औषधिको प्रायोजन कुमार सापकोटाले गरेको बताइएको छ ।