नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारको विपक्षमा मतदान गर्ने

सुर्खेत : नेपाली कांग्रेसले कर्णाली प्रदेशको सरकारलाई समर्थन नगर्ने भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको पक्षमा कांग्रेसले मतदान नगर्ने बताएका छन् ।

मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्वासको मत मागेपछि उक्त प्रस्तावमाथिको छलफलमा सहभागि हुँदै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति, योजना र कामका आधारमा सरकारलाई सहयोग गर्ने भएपनि कांग्रेस प्रतिपक्षी दल भएकाले लिखित समर्थन सरकारलाई गर्न नसकिने बताए ।

सरकारलाई मनपरी गर्न नदिन कांग्रेसले प्रतिपक्षको भूमिकाबाट सधै खबरदारी गर्ने शाहीको भनाइ थियो । उनले संसदभित्र कांग्रेस सरकारको विपक्षमा हुने बताए ।
पाँचौं संसद वैठकमा अहिले छलफल जारी छ ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७४, मंगलवार १४:२४