प्रमुख सचेतकमा सीता नेपाली

सुर्खेत, १३ फागुन ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रमुख सचेतकमा सीता नेपाली चयन भएकी छन् । आइतवार प्रदेश राजधानी वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकले नेपालीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।


यसअघि उनी मन्त्री पदको आंकाक्षी थिइन् । यस प्रदेशमा एमालेसँग गरेका भागवण्डामा माओवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाएको थियो । मन्त्रीपरिषद्मा उनी समावेश हुन नसकेपछि संसदीय दलको बैठकले प्रमुख सचेतकमा चयन गरेको हो । माओवादी केन्द्रकी नेतृ नेपाली समानुपातिक सांसद हुन् ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७४, सोमबार १५:५१