‘श्रम नै आर्थिक समृद्धको मूल आधार’

सुर्खेत, १२ फागुन ।
नेपाल टे«ेड युनियन महासंघ (जीफन्ट) प्रदेश संगठन कमिटी ६ नं. प्रदेशको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाका सहभागीहरूले समृद्ध प्रदेशका लागि ट्रेड आन्दोलनलाई सशक्त रूपमा लैजाने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा सम्पन्न भेलामा जिफन्ट आवद्ध विभिन्न एघार घटक युनियनका अध्यक्ष र सचिवहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।


आगामी चैत्र १४ देखि १७ सम्म काठमाडौंमा सम्पन्न हुन गइरहेको जिफन्टको सातौं राष्ट्रिय महाधिवेशनलाई सफल पार्न योजना समेत बनाइएको छ । जसअनुसार प्रदेश सदस्य तेजप्रकाश जिसीको संयोजकत्वमा १३ सदस्यीय आर्थिक उप–कमिटी गठनसमेत गरेको छ । भेलालाई सम्बाधोन गर्दै भेलाका अध्यक्ष प्रदेश संगठन कमिटीका संयोजक कमल गौतमले श्रम क्षेत्रबाट उत्पादित नेता कार्यकर्ताहरूले देशको काँध थामिरहेको अवस्थामा यस प्रदेशबाट पनि सुरुवात भएकोमा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन अझ बलियो भएर आन्दोलनमा होमिनुपर्र्ने बताए ।
नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतका सचिव मोहन बडुवालले रोजगारीको क्षेत्रलाई नागरिकको मौलिक अधिकारको रूपमा स्थापित गर्न टे«ड युनियन आन्दोलनले महŒवपूर्ण भूमिका खेलेको बताउँदै दलाल पूजीले राज गरेको समाजलाई सीप, क्षमता र श्रमको प्रयोग गर्दै उद्यमशील पूँजीतर्फ अग्रसर भए मात्र आर्थिक समृद्ध हुने बताए । पार्टीपंक्ति जिफन्टका विविध समस्या समाधान र आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्न तयार रहेको सो अवसरमा बडुवालले बताए । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) का केन्द्रीय अध्यक्ष पूर्णचन्द्र उपाध्यायले हाम्रो तागत भनेको संगठन भएको भन्दै संगठनबाट नै श्रमिकका हकअधिकार प्राप्त गर्न सकिने भएकाले कार्यकर्तालाई संगठन निर्माणमा लाग्न जोड दिए । नाफुनका केन्द्रीय उपाध्यक्ष भैरव पाण्डेले लोभलालचमा नपरी सामूहिक भावनाले लागेमा ट्रेड आन्दोलनले सफलता पाउने हुनाले एक ढिक्का भएर संगठित गराउन अगुवा कार्यकर्तालाई निर्देशन दिएका थिए ।
इम्प्रेसन नेपालका केन्द्रीय सदस्य तेजप्रकाश जिसीले घटक युनियनहरूका अगुवा कार्यकर्ताहरू नियमित रूपमा श्रमिकहरूसँग घुलमिल भइ आपसी सम्बन्ध प्रगाढ बनाउन सुझाव दिँदै आइपरेका समस्या समाधानका लागि एक अर्कासँग सहकार्य गर्न आग्रह गरे । जिसीले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै केन्द्रीय पदमा निर्वाचित हरेक घटक युनियनका अगुवा कार्यकर्ताहरूले अन्य जिल्लाहरूमा पनि संगठन विस्तार गर्न विशेष अभियान थाल्नु पर्ने बताए ।
घटक युनियनहरू नेभा, नेष्ट, नाबुन, नेभा, नेस्वाकयु, प्याब्सु, नाटु, नेयास्वमस, क्यूपेक–नेपाल, टेन्ट, सुनचाँदी र इम्प्रेशन नेपालका जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको भेलाको सञ्चालन प्रदेश संगठन कमिटी सचिव पूर्ण केसीले गरेका थिए ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७४, आईतवार १६:१५