प्रदेश नं. ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगर बनाउनुपर्ने प्रस्ताव संसदमा पेश

सुर्खेत, १२ फागुन । प्रदेश नं. ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने प्रस्ताव संसदमा पेश भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले अहिले सञ्चालन भइरहेको संसद वैठकमा प्रदेश राजधानी सम्बन्धि प्रस्ताव पेश गरेका हुन् ।

शाहीले कर्णाली प्रदेशको राजधानी सम्बन्धि प्रस्ताव संसदमा पेश गर्दै यो प्रदेशको राजधानी सुर्खेतबाहेक अरु बन्ने सम्भावना नै नभएको धारणा राखेका छन् ।

प्रकाशित मितिः   १२ फाल्गुन २०७४, शनिबार १४:५५