प्रदेश नंं ६ को नाम ‘कर्णाली’ राख्न संसदमा प्रस्ताव पेश

प्रदेश नं. ६ को अहिले बसिरहेको चौथो संसद वैठकमा नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले प्रदेशको नाम कर्णाली राखियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका छन् ।

प्रदेश नं. ६ कर्णालीको विस्तारित क्षेत्रकै रुपमा रहेकाले यसको नाम पनि कर्णाली राख्नु उपयुक्त हुने कंडेलले भनाइ थियो ।

संसदमा प्रस्ताव ल्याउनुअघि सबै दलसँग छलफल गरिएको कंडेलले जनाए । सबै जनतालाई मान्यहुने गरी कर्णाली प्रदेश नामाकरण गर्ने प्रस्ताव तयार पारिएको उनले बताए ।

प्रकाशित मितिः   १२ फाल्गुन २०७४, शनिबार १३:३३