‘विशेष सुरक्षा नीति बनाउँछौं’
सुर्खेत, ९ फागुन ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षा बिना समृद्धि सम्भव नभएको भन्दै विशेष किसिमको सुरक्षा नीति अपनाइने बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले बुधवार संघको कार्यालयमा आयोजना गरेको शुभकामना तथा सुझाव आदान–प्रदानका क्रममा मन्त्री भण्डारीले शान्ति सुरक्षामा कसैसँग सम्झौता नगर्ने दृढता व्यक्त गरे ।
लगानी र व्यवसायी दुवैको सुरक्षाको प्रत्याभूति नभएसम्म लगानी भित्रिन नसक्ने भन्दै मन्त्री भण्डारीले सहकार्यका निजी क्षेत्रले पनि सरकारलाई उचित सुझाव र मार्गनिर्देश दिनुपर्ने औंल्याए । समृद्ध र सुरक्षित प्रदेश बनाउने सरकारको पहिलो उद्देश्य रहेको भन्दै मन्त्री भण्डारीले प्रदेशस्तरका सुरक्षा योजना र नीति बनाउन नेपाल प्रहरीका डीआईजीको नेतृत्वमा समिति गठन गरिसकिएको जानकारी पनि उनले दिए । चुनौतीको चांगबाट समृद्धिको सम्भावना पहिल्याउनका लागि लगानी मैत्री वातावरण बनाउनु पहिलो शर्त रहेकोमा जोड दिँदै उनले भने, ‘तपाईंहरू साथ दिनुस्, प्रदेशको मात्र होइन सिंगो देशकै गरिबी मेटाउने सामथ्र्य हामीसँग छ ।’
यस प्रदेशमा लगानी आकर्षित गर्नका लागि ठूला लगानीकर्तालाई कर छुट दिनेदेखि मुनाफाको थोरै हिस्सा मात्रै प्रदेश सरकारलाई बुझाए हुने गरी आपूmले योजना बनाइरहेको जानकारी पनि उनले दिए । ‘अरु कसैको सिको गरेर होइन, हामी हाम्रै मौलिक खाका बनाएर समृद्धिको गन्तब्यमा पुग्ने हो’ मन्त्री भण्डारीले भने, ‘निजी क्षेत्रले पनि यथास्थितिवादी मनस्थितिबाट माथि उठेर सरकारलाई सघाउनुपर्छ ।’
कार्यक्रममा संघका अध्यक्ष प्रकाश अधिकारीले अझंै पनि बन्द, हड्ताल र चन्दा आतंकबाट व्यवसायीले मुक्ति नपाइरहेको भन्दै आन्तरिक
मामिला मन्त्रीको ध्यानाकर्षण गराए । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट लगानी भिœयाउने पहल आपूmहरूले सुरु गरिसकेको जिकिर गर्दै उनले अब प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । विगतमा पनि लगानी मैत्री वातावरण बनाउनका लागि सरकारले थुप्रै राम्रा नीति ल्याए पनि कार्यान्वयन पक्ष फितलो हुँदा त्यसको प्रत्याभूति निजी क्षेत्रले गर्न नपाएको गुनासो गर्दै अध्यक्ष अधिकारीले भने, ‘अब नीति बनाउने मात्र होइन, प्रभावकारी कार्यान्वयन पनि हुनुपर्छ ।’ व्यवसायीहरूको सुरक्षाका लागि संघको पहलमा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको उल्लेख गर्दै अध्यक्ष अधिकारीले अब सुरक्षा निकायलाई पनि प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
यस्तै, प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले अहिले पनि कर तथा राजस्व बुझाउनका लागि कर्णालीका व्यापारीहरू नेपालगन्ज धाउनुपर्ने बाध्यता रहेको भन्दै यो समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक नीति बनाउनुपर्ने सुझाव दिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतीले लगानी आकर्षणका लागि निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै पूर्वाधार निर्माणमा पनि जोड दिन सरकारलाई आग्रह गरे । उद्योग उपाध्यक्ष बासुदेव शर्मा तथा कोषाध्यक्ष दीपेन्द्र ढकालले राजधानीका रूपमा रहेको सुर्खेतलाई अन्य जिल्लासँग जोड्ने सडकहरूको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याए । संघका महासचिव गोपालकृष्ण गिरीले राजस्व अनुसन्धान र छापा मार्ने नाममा अहिले पनि व्यापारीहरूलाई त्रसित बनाउने काम राज्यबाट भइरहेको भन्दै सहज रूपले व्यापार व्यवसाय गर्ने वातावरण बनाउन माग गरे ।
साझा बिसौनी संवाददाता ।